हतियार र बिस्फोटक पदार्थसहीत बिप्लपका ५ नेता पक्राउ

6.99K
shares

काठमाडौं । प्रहरीले नेत्रबिक्रम चन्द बिप्लप समुहका केन्द्रीय सदस्यसहित ५ जनालाई हतीयार र बिस्फोटक पदार्थसहीत पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विप्लवका केन्द्रीय सदस्य सन्दिप लामा, शिशिर, केन्द्रीय कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यलय सचिव वकिल घर्तीमगर खनिल, सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र उदयपुर जिल्ला सदस्य दुर्खाबहादुर तामाङ रहेका छन् ।
उनीहरुलाई बुढानिलकण्ठसहितका विभिन्न क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको बिशेष ब्युरोको उच्च स्रोतले जानकारी दिएको छ ।

उनीहसंग व्याट्री, तार र एकथान पेस्तोल र विभिन्न कागजात बरामद गरेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार उनीहरुलाई विभिन्न ठाउँमा बम विष्फोट गराउने तथा चन्दा उठाउने तयारी गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083