प्रहरी प्रतिष्ठानको डीपीआर र परामर्शदाता छान्ने सम्झौता भारतलाई
वि.सं.२०७६ पुस ७ सोमवार ०१:४०
shares

काठमाडौं- काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरूको प्राथमिकतामा विविध विषय परेका छन् । कुनैले प्रहरी प्रतिष्ठान निर्माणबारे समाचार बनाएका छन् भने केहीले नेकपा स्थायी समिति बैठक, सरकारी जग्गा दुरुपयोगदेखि दुर्घटना छानबिनका प्रतिवेदन कार्यान्वयनबारे सोधीखोजी गरेका छन् ।
सरकारले पाँच वर्षअघिकाे समझदारी उल्ट्याउँदै राष्ट्रिय प्रहरी प्रतिष्ठानको संरचना निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार र परामर्शदाता छनोट गर्ने अधिकार भारतलाई दिएको समाचार कान्तिपुरले आज छापेको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा ०७१ साउन १८ मा भएको डीपीआर तयार र परामर्शदाता छनोट नेपाल सरकारबाट हुने र त्यसमा दुवै देशका प्रतिनिधि रहने समझदारी उल्ट्याएर भारतीय पक्षलाई एकलौटी अधिकार दिइएको समाचारमा उल्लेख छ ।
दुर्घटनापछि गठित छानबिन समितिले दिने सुझाव कार्यान्वयन पक्षबारे पनि कान्तिपुरले एक सामग्री छापेको छ । समाचार अनुसार, छानबिन समितिले दिने अधिकांश सुझाव कार्यान्वयन हुने गरेका छैनन् । तत्कालल सम्भव हुने सुझावसमेत कार्यान्वयन नगरिँदा दुर्घटनाको चक्र यथावत् रहेको कान्तिपुरको सार छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
































