दु:खमा कोही आफन्त हुँदैनन्
वि.सं.२०७७ जेठ १४ बुधवार २३:०६
12.05K
shares
shares

-बैकुण्ठ दाहाल
दुखमा कोहि आफन्त हुँदैनन्
सुखमा तिनै झुम्मिन्छन् सबै
सन्सारको रित नै यस्तै
धन सम्पति सग साईनो गाँस्छन्
खुवाउँदा मिठो खान्छन् तिनै
भजन् गाउँदै नाच्दै हिँड्छन्
आज खस्रो मिठो छैन
नाना भाँति गीत गाउँछन्
बोल्नेको पिठो बिक्छ बजारमा
न बोल्ने को तरकारी कुहिँदै छ बारीमा
पसिना बगाउने मान्छे छैन सुखी
खाने आटो छैन बेलुकि आरिमा

























