नेपालमा काेराेना संक्रमितकाे संख्या १९ हजार ६३ पुग्याे
वि.सं.२०७७ साउन १३ मंगलवार १६:४९
9.82K
shares
shares

काठमाडौं : थप ३ सय ११ जना नयाँ नेपालमा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
५ हजार ३२ जनामा परीक्षण गर्दा ३ सय ११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय २१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
यसैगरी हालसम्म नेपालमा कोरोनाबाट ४८ जनाले ज्यान गुमाईसकेका छन् ।































