कपनकाे झाडीमा बाकसभित्र भेटिइन् बालिका (भिडियाेसहित)
वि.सं.२०७७ साउन १३ मंगलवार १८:०४
shares

तस्बिर सौजन्य : sita.sanu.739 को फेसबुकबाट।
एउटा तस्विर र भिडियाे अहिले सामाजिक संजाल फेसबुकमा भाइरल बनेकाे छ ।
सोमबार साँझ ६ बजेतिर बागमती अञ्चलको काठमाडौं जिल्ला कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्न गएका थिए। नजिकैको ‘केयर बाल गृह’ मा बस्ने उनीहरूले चउरमा साँझ अनौठो कुरा देखे।
छेउको झाडीमा एउटा बक्सा थियो। बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको बच्चा थियो। घरमा ओछ्यानमै पल्टिएजसरी बच्चा हाई हाई गरिरहेको थियो।
कार्टुनभित्र बच्चा देखेपछि केटाकेटी झुम्मिए। उनीहरूले ती बालिकाको तस्बिर र भिडिओसमेत खिचे।
भिडिओमा बालिकाहरूले ‘हाम्रो घरमा लगम् न दिदी प्लिज। कस्तो क्युट छ हामीलाई मनपर्यो। हाम्रो बहिनी बनाउने नि प्लिज,’ भनेको सुनिन्छ।
त्यतिन्जेल बालिकासँग गएकी निष्मा बोहोराले ‘मामु’लाई खबर गरिसकेकी थिइन्।
उनीहरूकी ‘मामु’ पुष्पा अधिकारी हुन्। पुष्पाले ‘केयर बाल गृह’ मा १५ बालिका र एक बालकको हेरचाह गर्दै आएकी छिन्।
































