गौैतमबुद्ध विमानस्थलका कर्मचारी घुससहित पक्राउ

6.5K
shares

बुटवल–गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कर्मचारी सहित २ जना ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयबाट खटिएको टोलीले घुस लिँदै गर्दा विमानस्थलका कार्यालय सहयोगी विश्वनाथप्रसाद लोध र मतियार महेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको हो।

जग्गाको मुआब्जा दिलाउने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस मागेका थिए। घुस मागेको गुनासो आएपछि रंगेहात पक्राउ गरेको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए।

भैरहवाको सेन्चुरी कमर्सियल बैंकमा लेनदेन भइरहेको अवस्थामा उनीहरु पक्राउ परेको भुसालले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083