सरकारले जारी गरेको नक्सा अवैधानिक भन्दै नयाँ नक्सा जारी गर्न ग्रेटर नेपालको माग!

15.89K
shares

काठमाडौ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिका अाधारमा लिम्पियाधुरालाई समेटेर नेपाल सरकारले जारी गरेको नेपालको राजनीतिक नक्सालाई अवैधानिक भन्दै ग्रेटर नेपालको नक्सा जारी गर्न सरकारसँग माग गरेको छ । सन् १९५० जुलाई ३१ मा नेपाल-इन्डिया शान्ति तथा मैत्री सन्धि भएको ७१ अौँ वर्ष प्रवेशका अवसरमा अाज काठमाडौंको `संवाद चौतारी´मा प्रेस भेटघाट गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सरकारसँग उक्त माग राखेका हुन् ।

पत्रकारहरूलाई सम्बोधन गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष नेपालले सन् १९५० जुलाई ३१ तारिखमा भएको नेपाल-इन्डिया शान्ति तथा मैत्री सन्धिको धारा ८ ले सुगौली सन्धि रद्द गरेको हुँदा रद्द भैसकेको सन्धिको अाधारमा देशको नक्सा बनाएर जारी गर्नु पूर्णतः अवैधानिक भएको मात्र बताएनन् , सुगौली सन्धि मानिरहने भए संसद् बाट त्यसको अनुमोदन गराउन चुनौती पनि दिएका छन् । उनले शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गरेर सुगौली सन्धि रद्द भयो भन्ने अनि जमिन दिनेलिने प्रक्रियाचाहिँ ७० वर्षसम्ममा पनि अगाडि नबढाउने खेल राष्ट्रघाती भएको बताएका छन् । उक्त सन्धिको धारा ८ ले ग्रेटर नेपालको सिमाना पूर्वमा टिस्टा नदीदेखि ७० किलोमिटर पूर्व नगरकट्टासम्म र पश्चिममा सतलज नदीसम्म कायम गरेको भए पनि नेपाल र इन्डियाका सरकारले सन्धिको अक्षर र भावनाको कदर नगरेर पूर्णरूपले उपेक्षा गरेकोमा यसबाट दुवै देशका प्रधानमन्त्री सामु नैतिक प्रश्न खडा भएको अारोप लगाएका छन् ।

`ग्रेटर नेपालको मुद्दा हालै संसद् मा पनि उठेको तर केही सांसदहरूले इन्डियाले लिम्पियाधुरासम्म समेटिएको नेपालको राजनीतिक नक्सा मान्दैन भने हामी ग्रेटर नेपालको नक्सा जारी गर्न माग गर्दछौँ भन्नु नपुंसकलिङ्गी कुरा हो ´ भन्दै अध्यक्ष नेपालले अाक्रोश व्यक्त गरेका छन् । उनले सुगौली सन्धिको मरेको लास भैसकेको भन्दै अब सुगौली सन्धिलाई कसैले पनि ब्यूँझाउन नसक्ने भएकाले टिस्टा-सतलज कायम गर्न सरकारसँग माग गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083