मेलम्ची पहिरोमा पुरिएका ८ जनाको शव निकालियो (नामसहित)
वि.सं.२०७७ साउन १९ सोमवार १२:३८
6.57K
shares
shares

File photo
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएका ८ जनाकै शव निकालिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेका अनुसार मृत्यु हुनेमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव धामी र १७ बर्षिय सोनम लामा छन् ।मृतक राजेन्द्र चौरसिया र घाइते बारु शाह भारतीय नागरिक हुन् ।
पहिरोले पुरिएर घाइेत भएका बारु शाहलाई एयर डाइनेस्टीको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।






























