अझै पूरा भएन लिलाम बिक्री केन्द्र

7.89K
shares

इलाम । छ वर्षअघि निर्माण शुरु भएको नेपाली चियाको लिलाम बिक्री केन्द्र (अक्सन सेन्टर) अझै पूरा भएको छैन । क्रेतालाई नेपालमै भित्र्याएर चिया बेच्ने उद्देश्यले अक्सन मार्केट खोल्न शुरु भए पनि अझै निर्माण पूरा भएको छैन ।

अक्सनमार्फत स्थानीय बजारबाटै चिया बेच्नका लागि अक्सन निर्माण गर्न खोजिएको हो । हालसम्म निर्माण पूरा नहुँदा क्रेताले सबै चिया बाहिरी बजारमै लानुपर्ने बाध्यता छ । छ वर्षअघि अक्सनका लागि रकम छुट्याएर निर्माण शुरु भए पनि निर्माण सम्पन्न हुन् सकेन ।

“निर्माण शुरु भएको पनि हो, झापामा एउटा घर भाडामा लिएर अफिस र ल्याब सञ्चालनको तयारी गरियो, एक वर्षको भाडा पनि बोर्डले ति-यो तर ठोस काम हुनसकेन ।” चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले भने, “अक्सन सेन्टर खोल्न व्यवसायीले सर्त राखे । अर्थमन्त्रालयले सम्बोधन गरेन । यसपछि अक्सनका लागि बजेट छैन ।”

सरकार, बोर्ड र व्यवसायीको आ–आफ्नै सर्त र तर्कले अक्सन अल्झिएपछि यसको मार अहिले साना चिया किसानलाई परेको छ । तयारी चिया निर्यात गर्नै समस्या भएको जनाउँदै उद्योगी व्यवसायीले किसानलाई हरियो पत्तीको लागत मूल्यसमेत नदिँदा किसानको घरमा हातमुख जोर्ने समस्या हुन थालेको किसान बताउँछन् ।

“अक्सन निर्माण नहुनुको मुख्य कारण राजनीतिक अस्थिरता नै हो”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईले भने, “पुराना सरकार भत्किँदै गए र नयाँ बन्दै जाँदा अक्सन प्राथमिकतामा परेन ।”

अक्सन निर्माण भएर स्थानीयस्तरमै चियाको प्रवद्र्धन गर्न सकिने र चियाको ‘भ्यालू’ पनि बढ्ने उनको अपेक्षा छ । “अन्य देशका ब्रोकर भेला गराएर चियाको जानकारीपछि किन्न लगाइन्छ”, महासचिव राईले भने, “निर्माणको ढाँचा हेर्न भारतसम्म पनि गइयो तर निर्माण सम्पन्न भएन ।”


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083