एमसीसी परिमार्जन पछि मात्र अनुमोदन गर्नुपर्ने अडानमा म कायमै छुः भीम रावल

12.27K
shares

काठमाडौं।  नेकपा नेता भीम रावलले अमेरिकासँग गरिएको मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौताबारे आफू आफ्ना पूर्ववत् अडानमा कायम रहेको बताएका छन्।

‘एमसीसीबारे नेकपाको कार्यदलको प्रतिवेदनमा पनि नेपालको हीत र कानून विपरितका सम्झौताका प्रावधान परिमार्जन र संशोधन गरेर मात्र अनुमोदन गर्न मिल्ने भन्ने धारणा थियो र त्यसमा म कायम छु,’ रावलले सामाजिक सञ्जालमा लेखेका छन्।

सो तथ्यलाई नबंग्याउन र आफूले एमसीसी अनुमोदन गर्न सहमति जनायो भन्ने गलत सूचना प्रवाह नगर्न आग्रह गरेका छन्।

‘नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधिनता, अखण्डता र स्वाभिमानविपरित कसैसँग सम्झौता हुन सक्दैन, त्यस्तो कसैले गरे मानिदैन,’ उनले भनेका छन्।

नेता रावलले एमसीसी सम्झौतामा केहि प्रावधान नेपालको हितविपरित रहेको भन्दै ती प्रावधानहरुलाई नसच्याई संसदबाट अनुमोदन गर्न नहुने भनी सत्तारुढ नेकपामा आवाज उठाउने नेतामध्येका एक हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083