नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा, को कहाँ ? सूचीसहित
वि.सं.२०७७ भदौ १५ सोमवार १३:३५
10.17K
shares
shares

काठमाडाैं । प्रहरी प्रधान कार्यालयले ७२ जना डिएसपीको सरुवा गरेको छ ।
सरुवामा ८ जिल्लाका कार्यालय प्रमुख फेरिएका हुन् ।
सल्यानमा गोविन्द थापा, तेह्रथुममा गौतम थापा, कालिकोटमा चक्रबहादुर शाह, मुगुमा चित्रबहादुर भट्टराई, पाँचथरमा दानबहादुर थापा, रोल्पामा नरेश सुवेदी, प्युठानमा सुनील मल्ल, बझाङमा रूपक खड्कालाई पठाइएको छ ।
कालिमाटी वृत्तमा अपिल बोहरा, जगाती वृत्तमा राजेश थापाको सरुवा भएको छ ।
त्यस्तै उपत्यकाका तीन वृत्तका प्रमुख पनि फेरिएका छन् ।
यसअघि दरबारमार्ग वृत्तमा खटाइएका रामेश्वर पौडेलको त्यहीँ सरुवा भएको छ । इलाका प्रहरी कार्यालय, इटहरीमा अर्जुन केसीको सरुवा भएको छ ।





































