बैदाममा कार्यरत इन्स्पेक्टरमाथि जबरजस्ती गर्भपतन गराएको आरोप
वि.सं.२०७७ मंसिर १८ बिहीवार १४:५७
shares

कास्की । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत रहँदा प्रहरी निरीक्षक ध्रुव शर्माविरुद्ध शक्तिको दुरुपयोग गरेर जबरजस्ती गर्भपतन गराएको आरोप लागेको छ ।
बेनी नगरपालिका-७, की स्मृति शर्माका आफन्तले पद् र हतियारको दुरुपयोग गरेर शर्माले जबरजस्ती गर्भपतन गराएको आरोप लगाएका छन् ।
स्मृतिलाई गर्भपतन गराएर बहुविवाह गरेको आरोपमा आफन्तले जाहेरी दर्ता गरेका छन् । शर्मा म्याग्दीबाट पोखराको बैदाम सरुवा भएका छन् । स्मृतिका आफन्त एकेन्द्र महतले डर देखाएर जबरजस्ती गर्भपतन गराएको र पोखरामा छुट्टै विवाह गर्न अर्की युवतीसँग टीकाटालो गरेका जाहेरीमा उल्लेख गरेका छन् ।
स्मृतिका आफन्तले गर्भ संरक्षण विरुद्धको कसुर र बहुविवाह सम्बन्धी दुईवटा विषयमा अनुसन्धानका लागि जाहेरी दिएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
स्मृतिकी दिदी स्तुतिले आफ्नी बहिनीलाई विवाहको नाटक गरेर शर्मा फरार भएको बताएकी छन् । विवाहपूर्व चैतमा गर्भपतन गराइएको र वैशाखमा बेनीको मन्दिरमा विवाह भएको सुवेदीको भनाइ छ ।
आफन्तले पर्वतको कुस्मास्थित मेरीस्टोप्स सेन्टरमा गर्भपतन गराइएको बताएका छन् । गर्भपतनपछि दुबैजनाको विवाह भएको र शर्माकै नामबाट स्मृतिले नागरिकतासमेत प्राप्त गरेकी छन् ।
प्रहरी निरीक्षक शर्माले भने स्मृतिकै इच्छामा गर्भपतन गरिएको बताएका छन् । नागरिक खबरबाट






























