गणतन्त्र विरोधीलाई प्रधानमन्त्री बनाउदा ओलीको फुर्ति बढ्यो- माधवकुमार नेपाल
वि.सं.२०७७ माघ ९ शुक्रवार १५:३०
8.96K
shares
shares

आन्दोलनरत् नेकपाका अध्यक्ष ले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहकार्य र एकता हुननसक्ने बताएका छन्। ‘यिनीहरु फेरि मिल्ने हुन् कि भन्ने शंका कसैले नराखे हुन्छ,’ सो पार्टीले शुक्रबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘अब उनीसँग कुनै सहकार्य हुनै सक्दैन, सबैजना प्रष्ट भए हुन्छ।’
तर ओलीले माफी मागे उनलाई माफी दिने उनले दाबी गरे। ओलीलाई पार्टी विधान र अनुशासनको उल्लंघन गर्ने भनी सोधेको स्पष्टीकरणको जवाफ अझै नआएको उनले बताए। उनलाई आफूहरुले कारबाही गर्ने तयारी रहेको बताए।‘तर माफी माग्छन्, संसद विघटन गर्नु गल्ति भयो म पनि जुलुसमा आउछु भन्छन भने माफी दिनसकिन्छ,’ नेपालले भने।























