प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते विद्यार्थी नेता जैसीको स्वास्थ्यमा सुधार हुदै

10.82K
shares

प्रतिगमनविरूद्ध सोमबार वृहत् नागरिक आन्दोलनले बालुवाटारमा मार्चपास गरेको थियो। सो मार्चपासमा प्रहरीले नागरिकहरूलाई बालुवाटार जान रोकेर लाठीचार्ज तथा पानीको फोहरा प्रहार गरेको थियो।

त्यसैक्रममा प्रहरीको लाठी प्रहारबाट जैसी गम्भीर घाइते भएका थिए। तत्कालै उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पताल लगिए@@ थियो।

अस्पतालका अनुसार उनलाई साढे चार बजे ल्याइएको थियो। उनमा बाहिरी चोट नदेखिए पनि दिमागमा चोट लागेको र टाउकोको एउटा हड्डी भाँचिएको अस्पतालकी डा. मञ्जु चौधरीले जानकारी दिइन्।

चौधरीका अनुसार जैसीलाई अस्पताल पुर्‍याउँदा बेहोस थिए। पाँच घण्टापछि राति साढे नौ बजे मात्रै उनको होस आएको थियो। अहिले उनलाई अब्जर्भेसन वार्डमा राखिएको छ।

‘बाहिरबाट हेर्दा कुनै चोट देखिएको छैन। अब २४ घण्टा निरीक्षणमा राख्न गाह्रो भयो भने न्युरो सर्जनले हेर्नुहुन्छ,’ चौधरीले भनिन्, ‘त्यो समयमा हेरेर कस्तो सुधार हुन्छ त्यहीअनुसार उहाँलाई डिस्चार्ज गरिन्छ।’

उनका अनुसार जैसीको टाउकोमा लागेको चोट आफैं निको भएर जानेछ।

‘हिजो काम्ने वा कुँजिनेजस्तो हुन सक्ने भएर औषधिहरू दिइएको थियो। आज ठिकै हुनुहुन्छ,’ उनले भनिन्, ‘खाना खाँदा वान्ता भएन भने उहाँलाई डिस्चार्ज गर्न मिल्छ।’

सोमबार प्रदर्शन क्रममा प्रहरीले लाठी चार्ज गर्दा नौ जना घाइते भएका थिए। घाइतेमध्ये ६ जनाको काठमाडौं मोडल अस्पताल, हेल्पिङ ह्यान्डस् र हिमाल अस्पतालमा उपचार गरिएको थियो।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत जनक ढुंगाना, सुरज तामाङ, कुलदीप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी भने डिस्चार्ज भइसकेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083