प्रधानमन्त्रीकी पूर्वपत्नीमाथि गोली प्रहार
वि.सं.२०७८ पुस २० मंगलवार १२:१९
6.31K
shares
shares

पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रेहम खानमाथि इस्लामावादमा गोली आक्रमण भएको छ।
उनले सामाजिक सञ्जाल टेवीटरमा उल्लेख गरेअनुसार आइतबार राति उनीमाथि आक्रमण भएको हो।
रेहमले यस घटनाबारे जानकारी दिँदै अफ्नो भतिजोको विवाहबाट घर फर्किँदै गर्दा आफू चढेको कारमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली चलाएको र घटनाबाट आफू थोरैले बचेको बताएकी छिन्।
पूर्व टेलिभिजन प्रस्तोता पनि रहेकी रेहमका अनुसार आक्रमण हुँदा कारमा उनीसँगै उनका स्वकीय सचिव र चालक पनि थिए।
उनले लेखेकी छिन्, ‘कथित सरकारले यसको (आक्रमण) जिम्मेवारी लिनुपर्छ ।’ रेहमले ट्वीटरमा आफूले यो मुद्दा दर्ताको लागि पनि सकस झेल्नुपरेको बताएकी छिन्।































