यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना
वि.सं.२०७९ माघ १ आइतवार ११:५२
7.03K
shares
shares

पाेखरा । यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । पोखरा विमानस्थलमा अवतरण हुनु केही समय अघि विमान दुर्घटना भएको कास्कीका एसपी अजय केसीले बताए ।
६८ जना यात्रु सवार विमान सेती नदीको खोचमा दुर्घटना भएको बताइएको छ । क्याप्टेन कमल केसीले उडाएको जहाज दुर्घटनापछि आगलागी भएको छ ।
अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन्।





























