थप २४ जनामा कोरोना संक्रमण पुष्टि

3.11K
shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३९ नमुनामध्‍ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ८८ पुगेको छ भने संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् । विहीबार मात्र कोरोनाबाट १५ जना निको भएर घर फर्किइ सकेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083