‘माओवादीले प्रतिपक्षमा बसेर विशाल पार्टी निर्माण गर्नुपर्छ’ : नेता मैनाली

4.45K
shares

काठमाडौ । अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष जीपी मैनालीले सरकार गुम्दा सबै सकिन्छ भनेर रुवाबासी गर्ने क्रान्तिकारी नभएको कुरा बताएका छन् । अखिल (क्रान्तिकारी) काठमाडौ ईन्जिनियरिङ कलेजको १३ ओैं इकाई सम्मेलनकाे अवसरमा बोल्दै मैनालीले यस्तो कुरा बताएका हुन ।

केइसी कलेजका पूर्व बिध्यार्थी समेत रहेका मैनालीले क्रान्तिकारी साथीहरु प्रतिपक्षमा बसेर पार्टी निर्माण गर्न संभव छ भनिरहेका छन् । माओवादी प्रतिपक्षमा रहेर जनताको एजेण्डा बोकिरहँदा मुलुकको सबैभन्दा ठूलो शक्ति बनेको भन्दै  मैनालीले भने ” प्रचण्ड खुमलटारबाट बालुवाटार सर्दा दलाल मार्काका साथीहरुले रुवाबासी गरिरहनु भएको छ तर प्रचण्ड स्वयं र पार्टीलाई नयाँ ढंगले अघि बढाउन जरुरी छ भन्ने साथीहरु उत्साहित हुनुहुन्छ।”

सरकारमा रहँदा भ्रष्टाचार बिरुद्ध निर्मम अभियान चलाएकै कारण सरकार ढल्नुले पनि माओवादीले प्रतिपक्षमा बसेर सुशासन पक्षधर जनसमुदायसँग मिलेर अभियान चलाएर विशाल पार्टी निर्माण गर्न सकिने  नेता मैनालीले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083