महोत्तरीको सीमाबाट श्रोत नखुलेको १५ लाख भारूसहित दुईजना पक्राउ

2.47K
shares

महोत्तरी । सशस्त्र प्रहरीले श्रोत नखुलेको पन्ध्र लाख भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरु वैशालीको हाजिपुर नगर ठेगाना भएका ३४ वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २६ वर्षीय मोहन कुमार रहेका छन् ।

उनीहरूलाई आइतबार बिहान १० बजे सशस्त्र प्रहरी बल , नेपाल गुल्म जलेश्वरबाट मालिवडा बसपार्क इलाकामा खटिएको शसस्त्रको टोलीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट सशस्त्र प्रहरीले भारतीय सीमा पार गरी नेपाल प्रवेश गरेको विआर ३१ एके ८८०७ भारतीय नम्बरको अल्टो कार चेकजाँच गर्ने क्रममा उक्त कारमा वैधानिक स्रोत नखुलेको १५ लाख २४ हजार ९ सय भारतीय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूमाथि आवश्‍यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जलसागर स्थित सशस्त्र प्रहरी बल, नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083