अन्तत : इन्सपेक्टरदेखी एसपीसम्मको सरुवा हुँदै
वि.सं.२०८१ भदौ १० सोमवार ११:३०
3.48K
shares
shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरदेखि एसपीसम्मको सरुवाको अन्तिम तयारी थालेको छ। एक वर्ष अवधि पुगेका कार्यालयमा इन्चार्जहरुको हेरफेरको तयारी थालिएको हो।
एसपी प्रमुख रहने करिब एक दर्जन जिल्ला हेरफेर हुँदैछ। जसमा कास्की, सुनसरी, कपिलवस्तु, सप्तरी र दाङ जानका लागि चर्को प्रतिस्पर्धा छ।
गत चैतमा बढुवा भएका एसपीहरु अहिले जिल्ला जान दौडधुपमा छन्। अन्य केही एसपीहरु पनि गृहमन्त्री निकट व्यक्तिलाई खुस बनाएर जिल्ला जाने दौडधुपमा भएकाले यस पटकको सरुवामा अत्याधिक चलखेल हुने देखिएको छ।
जसकारण यस पटकको इन्सपेक्टर, डिएसपी तथा एसपीहरुको सरुवामा बिचौलिया हावी हुने र इमान्दार अधिकृतहरुमाथि अन्याय हुने जोखिम बढेको छ।































