एआईजीमा बढुवा भए कडायत र केसी

2.87K
shares

 काठमाडौं । नेपाल प्रहरीका दुईजना नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजी बढुवा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

गत १७ पुसमा उनीहरूलाई बढुवा सिफारिस समितिले एआईजीका लागि सिफारिस गरेको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्य र प्रदेश समन्वय विभाग प्रमुख भरतबहादुर बोहरा अवकाश भएपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरेको हो ।

कडायत प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए भने केसी प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083