“वृहत् र्‍याली तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न”

7.16K
shares

काठमाडौ ।  जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारीकाे प्रमुख आतिथ्यतामा “वृहत् र्‍याली तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न” भएको छ।

“समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत प्रहरी वृत, कालीमाटी तथा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र, कुलेश्वरको संयुक्त आयोजनामा सामुदायिक सेवा केन्द्र, कुलेश्वरका अध्यक्ष राजकुमार बिष्टकाे अध्यक्षता, र का.म.न.पा १४ का वडा अध्यक्ष सुमन श्रेष्ठज्यूको विशेष आतिथ्यतामा उक्त कार्यक्रम भएको हाे।

का.म.न.पा. १३ स्थित कालीमाटी व्याङकेटको सभा हलमा “लागु औषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६” को अवसरमा “लागु औषध सम्बन्धी वृहत र्‍याली तथा जनचेतनामूलक कार्यक्रम” सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा प्रहरी वृत्त कालिमाटीका प्रमुख प्र.ना.उ. मधु कुमार थापा लगायत प्रहरी अधिकृत तथा जवानहरू, विभिन्न स्कुलका शिक्षक शिक्षिका, विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि, टोल सुधार समितिका प्रतिनिधि लगायत स्थानीय समेतकाे उपस्थितिमा रहेको थियो ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083