तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन कार्यकारी उपाध्यक्ष डा. लामा फ्रान्समा सक्रिय हुदै

5.41K
shares

काठमाडौं । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पुर्व तयारीको लागि लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा। ल्हारक्याल लामा९खेन्पो छिमेछिरिङ्ग फ्रान्स पुगेर सक्रिय छलफलमा जुटेका छन् ।

कार्यकारी उपाध्यक्ष डा.लामा प्राचीन कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको वल्र्ड हेरिटेज कमिटीको बैठकको पुर्व तयारीको लागी गत शुक्रबारनै फ्रान्स पुगेका हुन् । बैठकको पुर्व तयारीको लागि  फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराई, फ्रान्सको लागी भारतीय राजदुत विशाल शर्मा, युनेस्कोको वल्र्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमाल चुली गुरुङ, आइकोमोसका अध्यक्ष टेरेसा प्याट्रिसियो, तथा निर्देशक ग्वेनाले बोर्डिन सहितको विभिन्न देशका कुटनैतिक नियोगका प्रमुख, तथा विभिन्न संस्थाका प्रमुखहरु सग प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक सहकार्यको लागि कार्यकारी उपाध्यक्ष डा। लामाले भेटवार्ता तथा छलफल जारी राखेका हुन् ।

त्यस्तै बैठकमा सहभागी हुन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री बद्री प्रसाद पाण्डे, लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानीन राई लगायत कार्यक्रम सहभागीको लागि सोमबार फ्रान्स प्रस्थान गरेका छन् । यस अघि कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्ताबेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस भैसकेको छ । गत वर्ष युनेस्को वल्र्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई औपचारिक रूपमा मनोनयन दस्ताबेज पेश भैसकेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083