उपाध्यक्ष डा. लामा द्वारा श्रीलंकाका पूर्व विदेश मामिला मन्त्री पिरिसलाई गरे लुम्बिनीमा स्वागत

5.88K
shares

लुम्बिनी । श्रीलंकाका पूर्व विदेश मामिला मन्त्री गामिनी लक्ष्मण पिरिसले भगवान् गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको ऐतिहासिक स्थलहरूको दर्शन तथा अवलोकन गरेका छन् ।  आइतबार विहान  विशेष प्रतिनिधि टोलीसहित लुम्बिनी आएका पूर्व विदेश मामिला मन्त्री  पिरिसलाई  लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिङ्ग)  तथा कोषका सदस्य सचीव शानुराजा शाक्या र कार्यकारी सदस्य श्याम रोक्काले  कोषको कार्यलयमा औपचारिक स्वागत गरेका थिए ।

भेटमा  लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. लामाले पर्वमन्त्री पिरिसलाई “बुद्धको सन्देश केवल नेपाल र श्रीलंका मात्र होइन, विश्वका सम्पूर्ण मानिसका लागि प्रेरणाको स्रोत भएको बताएका थिए भने पुर्व मन्त्री पिरिसले लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थलका रूपमा अझ प्रचार–प्रसार गर्न लुम्बिनी विकास कोषले खेलेको भूमिकाको प्रशंसा समेत गरेका थिए ।

त्यस अवसरमा उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी विकास कोषले हाल सञ्चालन गरिरहेका गुरुयोजना कार्यहरू, निर्माणाधीन संरचना र भविष्यका योजनाबारे जानकारी दिएका थिए । उनले अन्तर्राष्ट्रिय समुदायको सहकार्य र मित्र राष्ट्रहरूको समर्थनले लुम्बिनीको विकासलाई अझ प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे ।

श्रीलंकासँग नेपालको ऐतिहासिक र धार्मिक सम्बन्ध अत्यन्त घनिष्ठ रहेको उल्लेख गर्दै दुवै देशबीच बुद्ध दर्शन, सांस्कृतिक सम्पदा संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको थियो ।

पुर्व मन्त्री पिरिस श्रीलंकाको विदेश मामिलाको भखरै कार्यकाल पूरा गरेका हुन् भने राजनीति र शासनमा लगभग तीन दशक बिताएका व्यक्ति हुन् । पीरिसले यसअघि शिक्षा मन्त्री, विदेश मामिला मन्त्री, निर्यात विकास तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्री, न्याय तथा संवैधानिक मामिला मन्त्री, जातीय मामिला तथा राष्ट्रिय एकीकरण मन्त्री, उद्यम विकास मन्त्री, लगानी प्रवर्द्धन तथा औद्योगिक नीति तथा वित्त उपमन्त्रीको रूपमा विभिन्न विभाग सम्हालेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083