गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यको उत्कृष्ट गन्तव्य : New Summit College कलेज
वि.सं.२०८३ जेठ ९ शनिवार १०:३९
shares

काठमाडौ । काठमाडौं महानगरपालिका वडा नं. ३१, शान्तिनगरमा अवस्थित New Summit College गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरुको रोजाइको उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको छ। आधुनिक शिक्षण पद्धति, अनुभवी शिक्षक तथा विद्यार्थीमैत्री वातावरणका कारण कलेजले छोटो समयमै शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान स्थापित गरेको छ।
कलेजमा +२ तह अन्तर्गत Science, Management र Law संकायमा अध्ययन अध्यापन हुँदै आएको छ। विद्यार्थीहरुको क्षमता विकास, अनुशासन तथा व्यवहारिक शिक्षामा विशेष जोड दिँदै आएको कलेजले उत्कृष्ट नतिजासहित विश्वासिलो शैक्षिक वातावरण प्रदान गरिरहेको छ।

कलेजका प्रिन्सिपल Chok Raj Dawadi ले विद्यार्थीलाई गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्दै सक्षम नागरिक उत्पादन गर्नु कलेजको मुख्य उद्देश्य रहेको बताउनुभयो।
हाल नयाँ शैक्षिक सत्रका लागि भर्ना (Admission) खुला रहेको कलेज प्रशासनले जनाएको छ। उत्कृष्ट शिक्षा हासिल गर्न इच्छुक विद्यार्थी तथा अभिभावकलाई समयमै सम्पर्क गरी भर्ना प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ।































