“लागूऔषध दुर्व्यसनीले निम्त्याउने परिणाम” सचेतनामुलक सामाग्रीको अनावरण

390
shares

सुनसरी । बराहक्षेत्र नगरपालिका सुनसरीको सहकार्यमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीद्वारा निर्मित “लागूऔषध दुर्व्यसनले निम्त्याउने परिणाम” नामक सचेतनामुलक भिडियो सामाग्रीको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यतामा तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको अध्यक्षतामा अनावरण गरीएको छ ।

कार्यक्रममा भिडियो निर्माणमा सहभागी कलाकारहरुलाई प्रशंसा पत्र तथा FAN क्लवमा आवद्ध विद्यार्थीहरुलाई FAN LOGO अंकित टि-सर्ट वितरण गरिएको थियो ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका नगर उप प्रमुख, नन्द कुमारी सुनुवार, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशब कुमार थेवे, नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, वडाध्यक्षहरु, फ्यान क्लव संचालित बिद्यालयका प्रधानाध्यापक तथा फोकल शिक्षकहरु, राजनैतिक दल तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मी लगायत बिध्यार्थीहरुको उपस्थिति रहेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083