प्रथम महिला राष्ट्रपति विद्या भण्डारीको जीवनी

Nepal Life Insurance Long Ad

विन्दा अछामी

विद्यादेवी भण्डारी – जन्मः २०१८ असार ५० नेपालको वर्तमान राष्ट्रपति तथा प्रथम महिला राष्ट्रपति हुन् । गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व उनी एक राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष थिइन् ।२३४ यिनी स्वर्गीय नेता मदन भण्डारीकी धर्मपत्नी हुन्। नेकपा एमालेमा रही सकृय राजनीति गर्ने यिनी नेपालको जनसंख्या तथा वातावरण र रक्षामन्त्री समेत भइसकेकी छिन्। उनलाई विश्व प्रसिद्ध पत्रीका फोर्ब्सले बर्ष २०१६का शक्तिशाली महिलाहरु मध्ये ५२औं स्थानमा सूचिकृत गरेको छ ।

सुरुवाती जीवनी

विद्या भण्डारीको जन्म भोजपुर जिल्लामा आमा मिथिला पाण्डे तथा बाबु रामबहादुर पाण्डेको कोखमा भएको थियो। विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा सकृय विद्या २०३७ मा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित भएकी थिइन्। उनको २०३९ सालमा तत्कालिन नेकपा मालेका नेता मदन भण्डारीसित भूमिगत रूपमा विवाह भयो।

पतिको २०५० साल जेठ ३ मा विवादास्पद जीप दुर्घटनामा मृत्यु भएपछि यिनी राजनीतिमा पुनः सकृय भइन्। मदन भण्डारीको निधनपछि रिक्त काठमाडौं क्षेत्र नं। १ मा २०५० सालमै भएको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि राजनीतिमा यिनको परिचय झन् व्यापक भयो।

शिक्षा

बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षाको शुरुवात गरेकी विद्याले विद्योदय व्यवसायिक सेकेन्डरी स्कुल, भोजपुर बाटै एस एल सी उत्तिर्ण गरेकी हुन्। भोजपुर क्याम्पस, भोजपुरमा बाट आइ ए को अध्ययन पुरा गरी महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरमा बि।ए।अध्ययन गरेकी हुन्।

वैवाहिक जीवन

मदन भण्डारी सहकर्मी नेता अशोक राईसँग भोजपुर घुम्न जाँदा विद्यासँग पहिलो भेट भएको थियो। पछि विद्या उच्च शिक्षाका लागि विराटनगर झरिन्। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस त्यतिबेला राजनीतिको एउटा केन्द्र थियो। मदन भूमिगत राजनीति गर्थे। त्यही भूमिगत राजनीतिकै सिलसिलामा विद्या र मदनको सम्बन्ध गहिरिन थाल्यो। कठोर भूमिगत कालमै वि.स. २०३९ सालमा विद्या र मदन वैवाहिक बन्धनमा बाँधिए।

राजनीतिक यात्रा :

भोजपुर क्याम्पसमा पढ्दा २०३५ सालमा तत्कालिन नेकपा (माले) सम्बद्ध युवा लिगमा संगठित
२०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधी
२०३७ सालमा तत्कालिन नेकपा (माले) को सदस्यता प्राप्त
२०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य
२०३९—०४० सालमा महेन्द्र मोरड क्याम्पसको स्ववियू कोषाध्यक्षमा निर्र्वाचित
२०४६ मा कीर्तिपुरमाभएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङको तर्फबाट

प्रतिनिधी

२०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफण्टको महिला विभाग प्रमुख
२०५४ सालमा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी
सदस्यमा निर्वाचित
२०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित, त्यसपछि दुई वटा सम्मेलनबाट अखिल नेपालमहिला संघको अध्यक्षमा निर्वाचित, हालसम्म अखिल नेपाल महिला संघको अध्यक्ष
२०५९ सालमा जनकपुरमा भएको नेकपा (एमाले) को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित
२०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित
२०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित

२०५० सालमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित
२०५१ म काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित
२०५४ सालमा वातावरण तथा जनसंख्यामन्त्री
२०५६ मा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित
२०६७ बाट २०६९ सम्म रक्षामन्त्री

भ्रमण :

भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा, इटाली

२५ पुस २०७५, बुधवार १७:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु