सह-संयोजकले एकल विज्ञप्ति निकालेपछि अनेरास्ववियू दोलखामा तहल्का
वि.सं.२०७७ साउन २२ बिहीवार २१:५९
shares

अनेरास्ववियू दोलखाको लेटर हेडमा सह-संयोजक राजकुमार ढुंगेलले एकलौटी बिज्ञप्ति निकालेपछि अनेरास्ववियू दोलखामा तहल्का मच्चिएको छ ।
संगठनका केन्द्रिय सदस्य शक्ति पाठक समेतको उपस्थितिमा उनले ज्ञापन पत्र जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेलाई बुझाएका हुन् ।
पुर्व अखिल (क्रान्तिकारी)का विद्यार्थी नेताहरुले भने ऐन महरकै निर्देशनमा समानान्तर गतिबिधि भएको बताएका छन् ।
संगठनका एक नेताले संयोजक रोशन खड्कासंग समन्वय नगरी ढुंगेलले मनमौजी ढंगले फुट परस्त हर्कत गरेको भन्दै सह-संयोजकलाई कारबाहीको माग गरेका छन् ।
दोलखाबाट प्रतिनिधित्व गर्न्ने केन्द्रिय अनुशासन आयोग सदस्य चन्द्रकुमार लामाले लेखेका छन्, ‘अनेरास्ववियूका संयोजक कमरेड एन महर ज्युले भ्रष्ट ,माफिया,दलाल अनि जनघाती सरकारको मात्रै पक्षमा बोल्ने ? अनि देशैभरि सङ्गठनलाइ ओलि गुटमा लगेर फसाउने ? खबरदारी गरौं है साथी हो बिद्यार्थी आन्दोलन बेचेर खाइसके दलालहरुले। सन्दर्भ दोलखामा पुर्ब अनेरास्ववियुले जारी गरेको बिज्ञप्ति।’
त्यस्तै पुर्व क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रविन बस्नेतले लेखेका छन् ‘Ain Mahar कमरेड तपाईं ले केन्द्रमा शैक्षिक मुद्दा केही नदेखेर तपाइले जिल्ला जिल्लाबाट गुटबन्दी गर्नलाग्नुभएको हो? गुटबन्दी ले संगठन लाई कहाँ पुर्याउछ तपाईं लाई हेक्का छ?सत्ता र शक्तिको आडमा कतिदिन चल्न सक्नुहुन्छ ? यसरी छुट्टाछुट्टै गुटबन्दी ले पार्टी अस्तित्व कहाँ पुग्ला?’
क्रान्तिकारी कै अर्का नेता विकल खड्का लेख्छन ‘ यदि गुट चलाउने हाे भने व्यक्ति-व्यक्तिगत हैन बैचारिक गुट चलाउ कमरेड अाँउनुस काहाँ र कुन बिषयमा चलाउने हामी लड्न तयार छौं।नत्र व्यक्तगत गुलाम हामिमा अादत छैन!!’
कमल ढकाल लेख्छन ‘गुटबन्दी गर्ने भए गरौं कम्रेड, लड्ने भए लडैं कम्रेड, बहस गर्ने हो भने पनि तयारी छौ कम्रेड, तर जे गरे पनि सहमतिमा गरौंला नि कम्रेड धेरै कमजोर नसोचे हुन्छ। चेतावनी भया…..















