दलित भएकै कारण कुटेर मारिएको परिवारको दाबी

5.38K
shares

भरतपुर महानगरपालिका-४, चितवनका भीमबहादुर विश्वकर्माको कुटपिटबाट हत्या भएको विषयलाई लिएर दलित समुदाय आन्दोलित बनेका छन् ।

नारायणगढको पुल्चोकबाट करिब ३ किलोमिटर दक्षिण शिवघाट सडकको दुर्गाचोकमा महानवमीको दिन विहान करीब ९.३० बजेतिर ५८ बर्षीय भीमबहादुरलाई स्थानीय सीताराम बस्नेत र दिलिप श्रेष्ठले कुटपिट गर्दा मृत्यु भएको प्रहरीले बताएको छ । कुटपिट गर्ने सीताराम बस्नेत र दीलिप श्रेष्ठलाई पक्राउ गरी प्रहरीले ज्यानसम्वन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083