साउनदेखि हराएकी महिला अझै सम्पर्कमा आइनन्, परिवार भन्छन्-“हाम्रो मान्छे खोजि गरेर सहयोग गरिदिन पर्यो”

२०७५ वैशाख १८ मंगलवार
1.3K
shares
बुटबल । बिगत १० महिनादेखि बुटबलबाट हराएकी अर्घाखाँची मालारानी गाउँपालिका मरेङ ४ स्थायी घर भई रूपन्देही जिल्ला बुटवल उपमहानगरपालिका ११ स्थित बुद्धनगरमा बस्दै आएकी ४० वर्षिया कुमारी सुनार अझै सम्पर्कमा आएकी छैनन् । गत साउन १३ गतेदेखि हराएकी उनको खोजीका लागि पहल गरिदिन सबै सरोकारवाला पक्ष, निकाय तथा शुभचिन्तकसंग परिवारले आग्रह गरेका छन् ।
पारिवारिक स्रोतका अनुसार उनी बिगतमा पनि कैयौँ पटक घर छोडेर हिड्ने गरेको र केही दिन पछि आफै फर्केर आउने गर्थिन् । मानसिक सन्तुलन गुमाएर ३ महिनासम्म सुधार केन्द्रमा राख्दा पनि उनको अवस्थामा खासै सुधार नआएको उनका श्रीमान राम बहादुर सुनारले बताए । “उनको अवस्थालाई सुधार गर्नका लागि धेरै पहल गरेँ तर उनमा कुनै सुधार देखिएन, आखिर म घरमा नभएको बेला घर छोडेर हिँडिछन्, अहिले सम्म फर्केर आएकी छैनन् ।” राम बहादुरले पीडा सुनाए । । राम बहादुर छोरी भेटेर घर फर्किँदा कुमारी घरमा थिइनन् । घर फर्केपछि आफुले इलाका प्रहरी कार्यालय रुपन्देहीमा साउन १६ गते खोजी गरिदिनका लागि निबेदन दिएको बताउँछन् । तर पुलिस प्रशासनबाट पनि खासै प्रभाबकारी काम नभएको भन्दै उनले गुनासो गरे ।
“हराएको १० महिना भइसक्यो, तर अहिलेसम्म ज्यूँदोमर्दो केही थाहा छैन ।” उनी कहाँ छिन्, कस्तो अवस्थामा छिन् भन्ने बारेमा आफुहरु बेखबर रहेको उनले बताए । खोजीका लागि आफुहरु भारतीय प्रहरीसम्म पुगेको तर केही पत्ता नलागेको भन्दै रामबहादुरले दुख ब्यक्त गरे । तर पनि उनी फर्केर आउनेमा आफुहरु पूर्ण आशवादी रहेको र खोजीका लागि पहल गरिदिन उनले सबैसंग आग्रह गरेका छन् । उता, आमा हराएपछि आफुहरुलाई समाजमा बिभिन्न आक्षेप आउने गरेकाले आफुहरु मानशिक रुपमा बिक्षप्त भएको उनकी छोरी पुजा सुनारले पीडा सुनाईन् । “आमा हराएको पीडा त छदैँछ, त्यसमाथि हामीमाथि बिभिन्न पक्षबाट नकरात्क र भ्रामक टिप्पणी गरेर टेन्सन दिने काम भएको छ् ।” यसकारण आफुहरु झनै पीडीत भएको पुजाले बताईन् । अहिले सम्म अज्ञात अवस्थामा रहेकी आफ्नी आमाको खाजी गरिदिन उनले सबै संग आग्रह गरेकी छिन् ।
आफ्नी आमालाई देख्नुहुने जो कोहिले नजिकको प्रहरी कार्यलय अथवा ९८४७३६७१६७ नं. फोन गरेर आफुहलार्ई सम्पर्क गर्नका लागि पुजाले अपिल समेत गरेकी छिन् ।

२०७५ वैशाख १८ मंगलवार