‘बर्थडे पार्टी’ दिने बाहानामा घरमै बोलाएर बलात्कार गर्ने युवक पक्राउ

15.29K
shares

ओखलढुङ्गा । बर्थडे पार्टी (जन्म दिनको भोज) खुवाउने बहानामा केटी साथीलाई बोलाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

शुक्रबार राति मानेभज्याङ गाउँपालिकाका २६ वर्षीय युवकले जन्मदिनको पाटी दिने भन्दै बोलाएर २३ वर्षीया युवतीलाई जबरजस्ती गरेको उजूरी परेपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो । उनीहरु सानै उमेरदेखि साथी भएको र शुक्रबार युवकको जन्मदिन परेकाले युवतीलाई पाटी दिने भन्दै राति घरैमा लिन गएर जबरजस्ती गरेको केटी पक्षले दिएको उजुरीमा उल्लेख छ ।

युवकले मादक पदार्थ सेवन गरेर आफूमाथि जबरजस्ती करणी गरेको पीडित युवतीले बताएकी छिन् ।

पीडितको जाहेरीका आधारमा शनिबार ती युवकलाई म्याद थप गरेर अनुसन्धान सुरु गरिएको ओखलढुंगा प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083