मलेसियामा एक नेपाली सुरक्षा गार्ड कुट्नेलाई कारवाही गर्न माग

14.59K
shares

मलेसियाको ट्रेड यूनियन, मलेसियन ट्रेड यूनियन कँग्रेसले नेपाली सुरक्षा गार्डलाई कुटपीट गर्ने व्यक्तिलाई तत्काल कारवाही हुनुपर्ने माग गरेको छ।

एक मिनेट लामो भिडियोमा एक व्यत्तिले एक नेपाली सुरक्षा गार्डलाई लगातार कुटपीट गरेको देखिएको छ जुन भिडियो हाल भाईरल भएको छ ।

सो व्यक्तिले स्थानीय मले भाषामा बोलेको सुनिन्छ ।

मलेसियन ट्रेड यूनियन कँग्रेसका महासचिव जे सोलोमनले श्रमिकमाथि हुने यस्तो दुव्र्यवहार स्वीकार्य नभएको बताएका छन् । “यो दासता हो” उनले भनेका छन् “प्रहरीले यो घटनाको तत्काल छानविन गरी दोषिलाई कारवाही गर्नुपर्दछ ।”

यसैबीच सो घटनाका विषयमा दूतावास मार्फत प्रहरीमा उजुरी गरिसकिएको र छानविन सुरु भएको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ ।

सो घटनाका विषयमा कुनै जानकारी भएमा दूतावासको इमेल ठेगाना eonkualalumpur@mofa.gov.np वा हटलाइन नम्बर ०१६२४७२७७७ मा सम्पर्क गर्न समेत दूतावासले अपिल गरेको छ ।

https://www.facebook.com/gbk2053/videos/2754529654871192/


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083