यस कारण परिवारका ५ जनाले गरे आत्महत्या

ऋणको चक्रव्युहमा एक परिवार फस्यो कि धेरै मेहनत गरेर पनि ऋण तिर्न नसकेपछि परिवारका ५ सदस्यले झुण्डिएर आत्महत्या गरेका छन् । बिहारको समस्तीपुर जिल्लाको विद्यापति नगरबाट यस्तै दर्दनाक घटना बाहिर आएको छ । साहुको धम्कीबाट दिक्क भएर यस परिवारले सँगै झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ ।
मनोज झाले आफ्नी जेठी छोरी काजलको विवाहका लागि ५ वर्षअघि गाउँकै साहू मन्नु झासँग ३ लाख ऋण लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसक्रममा बिस्तारै यो परिवार ऋणको चक्रव्यूहमा फसेपछि अनिल सिंहबाट एक लाख, बच्चा सिंहबाट २ लाख र केही समूहबाट २ लाख ऋण लिए ।
महाजनले पाँच वर्षपछि तीन लाख ऋणको सट्टा ब्याजसहित १८ लाख मागेका थिए । यसबाट हैरान भएर मनोज झा फाइनान्समा गाडी चलाउन थाले । ताकि त्यसबाट आम्दानी गरेर ऋण तिर्न सकियोस् । तर नियति अर्कै थियो । लकडाउनका क्रममा सवारी साधनले आम्दानी नगरेपछि फाइनान्सरले गाडी ताने । त्यसपछि मनोजले एउटा सानो खैनी पसल खोले । कतै न कतै त्यसैले परिवारलाई सहयोग गरिरहेको थियो ।
केही दिनअघि मनोज झासँग साहू महाजनले अभद्र व्यवहार गरेका थिए र ऋण नतिरेको बदलामा छोरीलाई लैजाने धम्की दिएका थिए । यही डरका कारण मृतक मनोजले ३ महिनाअघि आफ्नी छोरीलाई मन्दिरबाटै बिहे गरेर पठाएका थिए । तर ऋणदाताको दबाब बढ्दै गयो ।
घटनाको रात पनि ऋण नतिरेको भन्दै साहुले ऋणी मनोज झालाई गाली गरेका थिए । अन्ततः ऋणको यो चक्रव्युहमा फसेका परिवारका ५ जनाको शव भोलिपल्ट बिहान घरको एउटा कोठामा झुण्डिएको अवस्थामा फेला परेको छ । मउ धनेशपुर दक्षिणको वडा नम्बर ४ का मनोज झा (४२), उनकी श्रीमती सुन्दरमणिदेवी (३८), आमा सीतादेवी (६५), छोरा सत्यम (१०) र शिवम (७)को शव विद्यापतिनगर प्रहरी चौकीले फोरेन्सिक जाँचका लागि पठाएको छ ।
जिल्लाको विद्यापतिनगरको मउ धनेशपुर दक्षिण गाउँको हृदयविदारक घटनाले सबैलाई सोच्न बाध्य बनाएको छ । एकातिर मानिसहरु आर्थिक अभावका कारण आत्महत्या गरेको कुरा गरिरहेका छन् भने मृतकका दुवै छोरीले साहुको दबाबमा परेर हत्या गरेको आरोप लगाएका छन् । यो आरोपपछि समस्तीपुर प्रहरीले आत्महत्या र हत्याको कोणबाट पनि अनुसन्धान गरिरहेको छ ।
२८ जेठ २०७९, शनिवार २१:१३ बजे प्रकाशित