३३ किलो सुन तस्करीमा पूर्व डीआईजी गोविन्द निरौला

Nepal Life Insurance Long Ad

 काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको ३३ किलो सुन तस्करीको अनुसन्धानका लागि पूर्व डीआईजी गोविन्द निरौला पक्राउ परेका छन्। अनुसन्धानका लागि पूर्व डीआईजी निरौला आइतबार साँझ नयाँ बानेश्वरबाट पक्राउ परेको प्रहरीले जनाएको ।

गृहका सहसचिव ईश्वरराज पौडेलले डीअईजी निरौला पक्राउ परेको र अनुसन्धान भइरहेको पुष्टि गरे। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको इन्चार्ज हुँदा उनले तस्करलाई सघाएको आशंकामा सरुवा गरिएको थियो। उनीमाथि छानबिन भइरहेको प्रहरीले बताएको छ।

गृहका सहसचिव पौडेलको संयोजकत्वको छानबिन टोलीले तत्कालीन अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारी हटाएर बयान लिइसकेको छ। सुन गायब हुनु, भरिया मारिनु र मुख्य तस्कर उम्कनुले प्रहरीको भूमिकालाई शंकास्पद रुपमा लिएर छानबिन समितिले गहिराईमै पुगेर जालो खोतल्ने गरी अनुसन्धान थालेको छ।

लोहनीले आफ्नो मातहतका प्रमुख एआइजी जयबहादुर चन्दलाई नसोधी सिधै तत्कालीन प्रहरी महानिरिक्षक प्रकाश अर्याललाई सोधेर फागुन १८ गते डीएसपी केसीको नेतृत्वको टोली विराटनगर पुगेको थियो । विराटनगर पुगेको टोलीले धरान पुगेर स्कोरपियो गाडीबाट सुनका भरिया भनिएका सनम शाक्यको शव बरामद गर्‍यो। तर, धरानमा बरामद शव विराटनगरको पोखरिया पुगेर बरामद भएको मुचुल्का तयार गरेपछि यो घटनालाई शंकास्पद रुपमा हेरिएको थियो।

गत माघ नौ गते दुबईदेखि काठमाडौं उत्रिएको सुन गायब भएको थियो । मुख्य तस्कर गोरे उपनाममा चुडामणि उप्रती पनि फरार छन्। प्रहरीले नै गोरे भगाउन सहयोग गरेको र शाक्य हत्या प्रकरणलाई सहज रुपमा दबाउने उद्देश्यले प्रहरीले सहजीकरण गरेको आरोप छानबिन समितिको छ।

छानबिन समितिले आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्यसँगै २१ जनालाई नियन्त्रणमा लिइसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिका नेता भुजुङ गुरुङ, बाकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिरप्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन र भारतीय नागरिक महावीर गोल्यानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ ।

समितिले छानबिन गरिरहेकै अवस्थामा महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासत भित्रको शौचालयमा नेपाल एयरलाईन्सका लोडर प्रेमलाल चौधरीले आत्महत्या गरेपछि घटना झन रहस्यात्मक बन्दै गएको छ।

छानबिन समितिले चौधरीको बयान लिइसकेपछि उनले आत्महत्या गर्नुको रहस्यबारे थप छानबिन गर्ने समितिका एक सदस्यले जानकारी दिए। समितिले मोरङ पुगेर घटनास्थलमा खटिएका प्रहरीको समेत बयान लिएको छ।

समितिले त्रिभुवन विमानस्थलमा खटिएका तत्कालीन सुरक्षा प्रमुख डीआईजी निरौलासहित एसएसपी श्याम खत्री, एसपी विकास खानाल र डीएसपी सञ्जय राउतलाई बयानका लागि डाक्न प्रहरी मुख्यालयलाई पत्र काटेको थियो ।


कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ जेठ २६ सोमवार

काठमाडौ । विपद् लगायत विपद्का घटनाको उद्रार एबं व्यवस्थापन कार्यक्रमको...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

आईजीपी दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा १-१८४औं समूहको प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन

आईजीपी दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा १-१८४औं समूहको प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय...