भी.एस. निकेतनमा उत्कृष्ट GPA ल्याउनेलाई शतप्रतिशत छात्रवृत्ति
वि.सं.२०८३ जेठ १० आइतवार १३:३२
shares

काठमाडौं। राजधानीको मीनभवनस्थित प्रतिष्ठित शैक्षिक संस्था भीएस निकेतन सेकेन्डरी स्कुल एण्ड कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा नयाँ भर्ना खुला गरेको छ। कलेजले विज्ञान, व्यवस्थापन र कानुन संकायमा विद्यार्थी भर्ना आह्वान गर्दै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका लागि आकर्षक छात्रवृत्ति योजना पनि सार्वजनिक गरेको हो।
वि.सं. २०३८ सालमा वरिष्ठ शिक्षाविद् स्वर्गीय डा. बाबुराम पोखरेलद्वारा स्थापित यस संस्थाले ४५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। “उत्कृष्टताप्रति समर्पित” भन्ने मूल नारासहित सञ्चालन हुँदै आएको कलेजले शैक्षिक अनुशासन, व्यवहारिक सिकाइ र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।
कलेजले यस वर्ष उत्कृष्ट GPA ल्याउने विद्यार्थीलाई विशेष छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ। ४.० GPA प्राप्त गर्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिइनेछ भने ३.९ GPA वा सोभन्दा माथि ल्याउने विद्यार्थीले शिक्षण शुल्कमा ८० प्रतिशतसम्म छुट पाउनेछन्। अन्य उत्कृष्ट विद्यार्थीलाई पनि विभिन्न आधारमा शुल्क छुटको सुविधा उपलब्ध गराइने कलेज प्रशासनले जनाएको छ।
कलेजका संस्थापक निर्देशक डा. बबिन पोखरेल र प्रधानाध्यापक रन्जित कुमार पण्डितका अनुसार विद्यार्थीलाई आधुनिक प्रतिस्पर्धी संसारका लागि तयार बनाउन प्रविधिमैत्री शिक्षण, प्रयोगात्मक अध्ययन र अतिरिक्त क्रियाकलापलाई विशेष जोड दिइएको छ।
कलेजमा अत्याधुनिक विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, सुविधासम्पन्न पुस्तकालय, परामर्श सेवा, खेलकुद गतिविधि, सांस्कृतिक कार्यक्रम, शैक्षिक भ्रमण तथा आधुनिक क्याफेटेरियालगायत सुविधा उपलब्ध रहेको जनाइएको छ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत उत्कृष्ट नतिजा, अनुभवी शिक्षक टोली र अनुशासित शैक्षिक वातावरणका कारण भीएस निकेतन विद्यार्थी तथा अभिभावकमाझ लोकप्रिय शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ।





























