गायक रामकृष्ण ढकालको निलम शाहसँग सम्बन्धविच्छेद

6.23K
shares

काठमाडौं। रामकृष्ण ढकालले आफ्नी श्रीमती निलम शाह ढकालसँग सम्बन्धबिच्छेद गरेका छन् ।

बुधवार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद भएको निर्णय सुनाएको हो ।

जिल्ला अदालतका श्रेस्तेदात आनन्द श्रेष्ठका अनुसार श्रीमती निलम शाह ढकालले मंगलवार सम्बन्धविच्छेदको निवेदन दिएकी थिइन् ।

उनले दिएको निवेदनका आधारमा जिल्ला अदालतले बुधवार दुवैको सम्बन्धविच्छेद भएको फैसला सुनाएको हो ।

फैसला अनुसार निलमले रामकृष्णबाट कुनै सम्पत्ति लिने छैनन् भने छोरी रानी ढकाल निलमसँगै रहनेछिन् ।