गायक रामकृष्ण ढकालको निलम शाहसँग सम्बन्धविच्छेद

२०७६ पुस ९ बुधवार
1.2K
shares
काठमाडौं। रामकृष्ण ढकालले आफ्नी श्रीमती निलम शाह ढकालसँग सम्बन्धबिच्छेद गरेका छन् ।
बुधवार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद भएको निर्णय सुनाएको हो ।
जिल्ला अदालतका श्रेस्तेदात आनन्द श्रेष्ठका अनुसार श्रीमती निलम शाह ढकालले मंगलवार सम्बन्धविच्छेदको निवेदन दिएकी थिइन् ।
उनले दिएको निवेदनका आधारमा जिल्ला अदालतले बुधवार दुवैको सम्बन्धविच्छेद भएको फैसला सुनाएको हो ।
फैसला अनुसार निलमले रामकृष्णबाट कुनै सम्पत्ति लिने छैनन् भने छोरी रानी ढकाल निलमसँगै रहनेछिन् ।

२०७६ पुस ९ बुधवार