निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको संघर्ष र कर्मलाई समेट्दै इन्द्र भुसालले रचे भावनात्मक गीत
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १९:१२
shares

काठमाडौ । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको इमान्दारिता, कर्तव्यनिष्ठता, संघर्ष र कर्मप्रतिको समर्पणलाई विषयवस्तु बनाएर नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य इन्द्र भुसालले भावनात्मक गीत रचना गरेका छन्।
गीतका शब्दहरूले इमान्दार भएर काम गर्ने व्यक्तिले भोग्नुपर्ने चुनौती, कर्मप्रतिको निष्ठा र पदभन्दा जिम्मेवारी ठूलो हुने सन्देशलाई उजागर गरेका छन्।
गीतका केही मार्मिक हरफहरू:
“काम गर्नेको मूल्य नहुने, इमान्दारको कदर नहुने…”
“कुर्सी ठूलो होइन आमा, कर्म ठूलो हुन्छ नि…”
यी शब्दमार्फत भुसालले दानबहादुर कार्कीको व्यावसायिक जीवनमा जोडिएका संघर्ष, जिम्मेवारी र कर्मप्रतिको प्रतिबद्धतालाई सांगीतिक रूपमा अभिव्यक्त गर्ने प्रयास गरेका छन्।
गीतले पद र कुर्सीभन्दा कर्म, जिम्मेवारी र आफ्नो कर्तव्यप्रतिको निष्ठा महत्वपूर्ण हुन्छ भन्ने भाव बोकेको छ।
(भिडियो सहित)


















