बालकुमार विश्वकर्मा (सुमन) उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको वस्तुगत परिषद् सदस्यमा मनोनीत
नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष बालकुमार विश्वकर्मा (सुमन) वस्तुगत परिषद् सदस्यमा मनोनीत
वि.सं.२०८३ कात्तिक १७ मंगलवार २०:५५
442
shares
shares

Oplus_131072
काठमाडौं । नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष बालकुमार विश्वकर्मा (सुमन) नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशको वस्तुगत परिषद् सदस्य पदमा मनोनीत भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठले महासंघको विधान तथा प्रदेशको नियमावलीअनुसार गठन गरिएको विषयगत समितिअन्तर्गत वस्तुगत परिषद्को सदस्य पदमा विश्वकर्मालाई मनोनयन गरेका हुन्।

विश्वकर्माको मनोनयनलाई सुनचाँदी व्यवसाय क्षेत्रको प्रतिनिधित्व र संस्थागत सहभागिताका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। यस जिम्मेवारीले सुनचाँदी कला व्यवसायको विकास, व्यवसायीका हकहितको संरक्षण तथा समग्र निजी क्षेत्रको सुदृढीकरणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।



















