डीईको बदमासी : ठेक्कामा सेटिङ, ल्याबमा असुली

9.67K
shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले केपी ओली सरकारको इज्जत आवरु जोगाइदिएका छन् । उनी मन्त्री हुनासाथ काठमाडौंका सडकका खाल्डाखुल्डी टाल्ने र रातारात पिच गरेर चिल्ला बनाइदिए । प्रधानमन्त्री केपी ओली काम गरेन भन्नेहरूलाई तिनै सडक देखाउने गर्दछन् । रघुवीर महासेठले दुई वर्ष मन्त्री हु“दा एउटा खाल्डो पुर्न सकेनन, खाली सडकका ठेक्काको सेटिङमा लागे, तर नेम्वाङले मन्त्री भएको १ महिनामै खाल्डाखुल्डी टालेर उपत्यकाबासीको मन जितेका छन् ।

मन्त्री नेम्वाङले इमान्दारिताका साथ काम गरेपनि मातहतका कार्यालयका प्रमुखहरूले उनको गति र निष्ठालाई नबुझेका कारण डिभिजन र आयोजनाहरूमा भ्रष्टाचार नघटेको गुनासो व्यापक छ । डिभिजन सडक कार्यालय काठमाडौं मिनभवनको प्रमुखमा मन्त्री नेम्वाङले आफ्नै जिल्ला पा“चथरबासी डीई कुबेर नेपालीलाई ल्याए । नेपालीले मन्त्रीको भावनाअनुसार काम नगरी पूर्वप्रमुख गोपालबहादुर खड्काको पथ अनुशरण गरेका छन् । गोपाल खड्का पथ अनुशरण गर्दै उनले पा“चथरबासी ठेकेदार टिकाराम सुवेदीलाई करोडौंका काम कोटेशनमा दिने गरेका छन् । उनी आएपछि मात्रै ३ करोडका काम कोटेशनमा दिइएको छ ।

कोटेशनमा काम दिएर कार्यालय प्रमुख नेपालीले ३० प्रतिशत कमिसन लिने गरेको आरोप निर्माण व्यवसायीको छ । नेपालीले आफूस“ग सेटिङ भएका सुवेदीलगायतका ठेकेदारहरूलाई टेण्डर नपरे संशोधन गर्ने गरेका छन् । कमलजित निर्माण सेवाका राकेश श्रेष्ठ ‘अमर’ का लागि मिलाइएको ठेक्का अर्कै व्यक्तिलाई परेपछि रद्द गरिएको थियो । जसका कारण समयमा काम नहुने भएको छ । हरेक वर्ष असारको अन्तिममा मात्र काम हुने र त्यो काम गुणस्तरीय नहुने भएकाले मन्त्री नेम्वाङले आर्थिक वर्ष सुरु भएदेखि नै सडकका कामलाई गति दिने नीति लिएका छन् तर काठमाडौंका हाकिमले उनको गतिलाई बुझ्न सकेका छैनन् ।

काठमाडौंका सडकमा सडक लेन र जेब्रा क्रसिङ गर्ने कार्यमा पनि ठूलो घोटाला हुने गरेको छ । करिब ७० प्रतिशत घुस डिभिजन सडक कार्यालय काठमाडौंका हाकिमले लिने गरेको एक ठेकेदारले बताए । कमिसनमा कुरा नमिलेकै कारण २०७६ साल जेठमा रंगरोगन सम्बन्धी गरिएको टेण्डर रद्द गरिएको थियो । आफूनिकट ठेकेदारलाई ठेक्का नपरेपछि रद्द गरिएको थियो ।

सन् २०२० सेप्टेम्बर २० मा खोलिएको ठेक्का नम्बर आरडी केटीएम ३३७०११६९४०७७७८०२६ मा तीनपटक संशोधन गर्ने काम पनि सेटिङ नमिलेकै कारण भएको थियो । नेपालीले सार्वजनिक खरिद ऐनलाई छल्न टुक्र्याएर काम गराउ“दै आएको छ । ५ लाखसम्मको काम कोटेशनमा गर्न पाइने सार्वजनिक खरिद ऐनको दफालाई दुरुपयोग गर्दै उनले टुक्रा टुक्रा बनाएर काम दिने र घुस लिने गरेका छन् । कोभिड–१९ को बहाना बनाउ“दै सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पिच गरेको भनि उत्तिकै घोटाला गरिएको छ ।

डिभिजन सडक कार्यालय काठमाडौंको ल्याबमा समेत उत्तिकै घोटाला हुने गरेको खबर छ । ल्याबमा अधिकृत विनोदकुमार साह छन् । उनी चार वर्षदेखि कार्यरत छन् ।

निजामती सेव ऐनमा २ वर्षमा सरुवा हुने व्यवस्था छ । तर उनी पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको ज्वाईं भएको र उच्च अदालतकी न्यायधीश रेणुका साहको श्रीमान् भएको भन्दै ल्याबमा रजगज गरेर बसेका छन् । रेणुका साहलाई पिता रामकुमार प्रसाद साहले डेढ वर्ष अघि अदालतमा एक दिन प्राक्टिस नगरेपनि उच्च अदालतको न्यायाधीश बनाएका थिए । ल्याबका प्रमुख साहले घुस नदिएसम्म ठेकेदारका कुनै पनि काम नगरेको गुनासो आउने गरेको छ । सडकका पिच सबै ल्याबले पास गर्नुपर्दछ ।

ल्याब अधिकृत साहले भनेजति कमिसन नदिएसम्म पिच नै पास नगरिदिने रंगरोगन गरेको छ भने एउटा न उउटा बहाना बनाएर झुलाउने र भुक्तानी अड्काइदिने गरेका छन् । ल्याबले पास नगरेसम्म भुक्तानी नहुने भएकाले ठेकेदारहरू हैरान छन् । ल्याब अधिकृत साह यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेकाले त्यताको शानशौकत देखाउने गर्दछन् ।

ससुरा रामकुमार साहको पावर लगाई अख्तियारमा गएर त्यहा“बाट डिभिजन सडकमा आएका साहले ठेकेदारस“ग घुस लिनका लागि करारमा राखिएका कर्मचारी दिलीप यादवलाई पठाउने गरेका छन् । ल्याब अधिकृत साहले २५ देखि ४० प्रतिशत घुस मागेर हैरान बनाएपछि ४÷५ जना ठेकेदार त भुक्तानी नै लिन नगई विस्थापित भएका छन् ।

केही दिन अघि ल्याब अधिकृत साहको असुलीबाट आजित भएपछि उपत्यका निर्माण व्यवसायी संघले गुनासो पनि ग¥यो । तर कार्यालय प्रमुख नेपालीले उक्त गुनासो पनि सुनुवाई गरेनन् । ल्याब अधिकृत साहस“ग कार्यालय प्रमुख नेपालीको पनि सा“ठगा“ठ रहेको उनले सुनुवाई नगरेबाट पुष्टि भएको छ ।

डिभिजन सडक कार्यालयमा भएका अनियमितताका बारेमा कार्यालय प्रमुख नेपालीस“ग प्रतिक्रियाका लागि २०७७ पुस २५ गते शनिबार बेलुका पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् । साँघुन्युजमा समाचार छ ।