न्यूनतम पारिश्रमिकको कारण ३० हजार नर्स मुलुकबाहिर

5.82K
shares

काठमाडौं । नेपालमा चाहेअनुसारको सेवासुविधा नपाएको भन्दै नर्सहरू विदेश पलायन हुने क्रम रोकिएको छैन । अहिलेसम्म लगभग ३० हजार नर्स विदेशिन बाध्य भएको नेपाल नर्सिङ एसोसियसनले जनाएको छ । राजधानी दैनिकका अनुसार सरकारले नर्सिङ पेशालाई मर्यादित र व्यवस्थित बनाउन नसक्दा ठूलो संख्यामा नर्सहरू पलायन भएको एसोसियसनको भनाइ छ।
विदेशिने नर्समध्ये धेरैजसो अस्ट्रेलिया, अमेरिका क्यानडा र नर्वे पुगेको बताइएको छ। सरकारले न्यूनतम पारिश्रमिक १३ हजार चार सय रुपैयाँ तोके पनि अधिकांश नर्स १० हजार रुपैयाँसम्म तलब लिएर काम गर्न बाध्य छन् । देशभर झण्डै ८३ हजार नर्स रहेको र त्यसमध्ये ४० हजार विभिन्न अस्पतालमा कार्यरत छन् । नेपपाल नर्सिङ एसोसियसनका अध्यक्ष तारा पोखरेलका अनुसार नर्सलाई सरकार र अस्पतालले शोषणको व्यवहार गर्दा पलायनको दर बढेको हो।


divya collage
unigloble collage