कवि शिरोमणिको जन्मस्थल पर्यटकीय तीर्थस्थल बन्दै

Nepal Life Insurance Long Ad

  काठमाडौं ।  नेपाली साहित्याकाशमा अतुलनीय योगदान गर्नुभएका लेखनाथको जन्मस्थलमा देश–विदेशका साहित्यानुरागीलाई स्थलमा पु¥याउने लक्ष्यका साथ समितिले बाटोघाटोदेखि उहाँका जीवनका हरेक पक्ष र योगदानलाई जीवन्त बनाउने गरी काम गरिरहेको समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले जानकारी दिए ।

कवि शिरोमणिको जन्मस्थललाई साहित्यिक पर्यटकीय तीर्थस्थल बनाउने गरी समितिको पहलमा उहाँको जन्मघरको संरक्षणका साथै सङ्ग्रहालय, तरुण तपसी पार्क निर्माणलगायतका कामलाई अघि बढाइसकिएको छ ।

अध्यक्ष लामिछानेका अनुसार कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाका साथ काम भइरहेको छ । हालसम्म पूर्वाधार निर्माणलगायतमा रु दुई करोडभन्दा बढी खर्च भइसकेको छ ।

“सम्पन्न पूर्वाधारका अतिरिक्त समितिले तत्कालीन रुपमा अघि अघि सारेका योजनालाई सम्पन्न गर्न पनि लगभग रु १० करोड लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “ओझेलमा परिसकेको जन्मस्थल क्षेत्रको विकास क्रमिक रुपमा बढेको छ, यसका प्रति स्थानीय तह, प्रदेश र सङ्घ सबैको सकारात्मक सोचका कारण हामीलाई उत्साहित बनाएको छ ।”

समितिले कवि शिरोमणिको जन्मस्थल आएर यही बसी साहित्य सिर्जना गर्न चाहने सर्जकका सिर्जना ग्राम निर्माणको प्रक्रिया अघि बढाएको छ । बहुउद्देश्यीय योजनाअन्तर्गत सिर्जना ग्रामका लागि यसै आर्थिक वर्षमा पोखरा महानगरपालिकाको गौरवपूर्ण आयोजनाका रुपमा रु ५० लाखको लागतमा पूर्वाधार निर्माण अघि बढ्ने लामिछानेले जानकारी दिए ।

अर्घौं अर्चले कवि शिरोमणिको जन्मस्थल भएर पनि केही वर्षअघिसम्म उहाँको जन्मजयन्तीसमेत अन्यत्र नै मनाउन थालिएको वास्तविकतामा पछिल्ला वर्षमा यो साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको समितिका उपाध्यक्ष एवम् लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्यराज ढकालले बताए ।

कवि शिरोमणिको जन्मस्थान नै ओझेलमा पर्ने हो कि भन्ने चिन्ता थपिँदै गएको अवस्थामा समितिको पहलमा भइरहेका पूर्वाधार विकासले नेपाली साहित्यप्रेमीमा उत्साह थपिएको उहाँको भनाइ छ । समितिकै पहलमा कवि शिरोमणिको जन्म घरलाई पुरानै स्वरुपमा चिटिक्क सजाएर राखिएको छ ।

जन्मघर परिसरमा नै कवि शिरोमणि सङ्ग्रहालय भवन निर्माण गरी उहाँका बाल्यकालदेखि मृत्युसम्म प्रयोग भएका सामग्री र त्यस समयका रहनसहन तथा रीतिरिवाज झल्कने चलनचल्तीका सामग्री राखिएको छ । सङ्ग्रहालय परिसरमा नै उहाँका जीवनी झल्कने किसिमका श्रव्य दृश्य सामग्री राख्ने सोच अघि बढाइएको छ । शिरोमणिको जन्मस्थलमा गएर कविता रच्ने वा अन्य साहित्य सिर्जना गर्नेका लागि जन्मघर वरपर प्रतीक्षालयलगायतका संरचना तथा पार्क निर्माण गरिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गतको अर्घौं चोकस्थित कवि शिरोमणिको सालिकदेखि जन्मस्थलसम्म ठाउँठाउँमा उनले रचना गरेका उत्कृष्ट कविताका श्लोक मार्बलमा कुँदेर राखिएका कारण साहित्यप्रेमीहरू ठाउँठाउँमा उहाँका कवितावाचन गर्दै जन्मघरसम्म पुग्ने गरेका छन् । लेखनाथ चोकदेखि कविको जन्मस्थलसम्मको सात किलोमिटर दूरीमा स्यानी चौर, ठूली पोखरी, तरुणतपसी पार्क, बतासे, बूढाचौर, गैरापोखरीलगायतका मुख्य चोकमा उनका मर्मस्पर्शी कविता पढ्ने व्यवस्था मिलाइएको छ ।

अर्घौं चोकदेखि कवि शिरोमणिको जन्मघरबीचको बाटो ठूली पोखरीमा तरुणतपसी पार्क निर्माण गरिएको छ । तालैतालको शहर अवलोकन गर्न आउने स्वदेशी एवम् विदेशी पर्यटकलाई यहाँको अर्को आकर्षणका रुपमा कवि शिरोमणि सङ्ग्रहालयलाई विकास गर्दै साहित्यिक पर्यटनको महत्वपूर्ण आकर्षणका रुपमा अघि बढाउने गरी कामहरू अघि बढेको समितिका सहसचिव रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

उहाँका अनुसार समितिले कवि शिरोमणिलाई पहिलोपटक कविता लेख्न प्रेरणा मिलेको दोपहरे पाखालाई कविकुञ्ज पार्क बनाउने सोच राखेको छ । जन्मस्थल परिसरमा समितिले निर्माण गरेको वनभोज स्थलका साथै सङ्ग्रहालयका कारण पनि विभिन्न विद्यालयबाट वनभोज र सङ्ग्रहालय अवलोकन गर्न आउने क्रम बढिरहेको तिमल्सिनाले बताए ।

लेखनाथको जन्मस्थानलाई साहित्यिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास गर्न खोजिनु नेपाली भाषा साहित्यप्रति उहाँले पु¥याएको योगदानको कदर भएको छब्दी मावि, ढोरफिर्दी तनहँुकी नेपाली विषयकी शिक्षिका शारदा भट्टराई बताउनुहुन्छ । प्रत्येक विद्यालयका विद्यार्थीलाई एक पटक कवि शिरोमणिको जन्मस्थल पु¥याउन सकेमा उनीहरूले कवि शिरोमणिका जीवनीका विविध पक्ष एकसाथ अवलोकन गर्न पाउने बताए ।


कथा संग्रह सादृश्य बिम्ब र नाटक लेखान्त लोकार्पण

कथा संग्रह सादृश्य बिम्ब र नाटक लेखान्त लोकार्पण

२०८१ साउन २६ शनिवार

काठमाडौँ। साहित्यकार प्रहरी उपरीक्षक नविनकिशोर प्रधानको दुई कृति कथा संग्रह...

रमाइला नानी पुरस्कार रामवावु सुवेदीलाई

रमाइला नानी पुरस्कार रामवावु सुवेदीलाई

२०८० असार २४ आइतवार

काठमाडौं । यस वर्षको ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ बालसाहित्यकार रामवावु...

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’

२०८० जेठ २५ बिहीवार

काठमाडौं । मधेश प्रदेशका महिला कथाकारहरूलाई छोटो–फिल्मको पटकथा लेखनमार्फत प्रोत्साहित गर्ने...

डा. रमेश बलायरको ‘मनको बिम्बबाट’ कविता संग्रह सार्वजनिक

डा. रमेश बलायरको ‘मनको बिम्बबाट’ कविता संग्रह सार्वजनिक

२०८० जेठ १७ बुधवार

काठमाडौं । डा. रमेश बलायरको मनको विम्बबाट नामक कृतिको बुधबार लोकापर्ण...

‘लिभरपुल’ म्यानपावरको महाठगी, मलेसिया पठाएका २८ नेपालीको कन्तविजोग !

‘लिभरपुल’ म्यानपावरको महाठगी, मलेसिया पठाएका २८ नेपालीको कन्तविजोग !

२०७९ माघ ७ शनिवार

बेरोजगारीको मारले अहिले प्रत्येक घरका एक वा दुई जना जागिरका...

सुदूरपश्चिमकी हेवन उपाध्यायले जितीन मिस एण्ड मिस्टर टेन ईन्टरनेशनल नेपाल २०२१

सुदूरपश्चिमकी हेवन उपाध्यायले जितीन मिस एण्ड मिस्टर टेन ईन्टरनेशनल नेपाल २०२१

२०७८ पुस २३ शुक्रवार

हेवन उपाध्याय सुदूरपश्चिम प्रदेशको हिमाल जिल्लाकाे बझाङ तलकोट गाउँपालिका-४ स्थायी...