गजल

17.63K
shares

– विष्णु रैगाईँ

याद पनि ऊ जस्तै प्यारा बनायो
र मेरा पलपल अप्ठ्यारा बनायो

गुलाबले थानामा उजुरी दिएको छ
प्रेमले  बुद्धलाई  हत्यारा  बनायो

आज  उनीहरु  खाडीमा  भेटिन्छन्
हिजो जस्लाई पार्टीहरुले नारा बनायो

आऊ उत्पीडनका बिरुद्ध उठौँ  भन्नेले
रोल्पाहरु भन्छन् उल्टै सर्वहारा बनायो


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083