३ प्रहरीमा कोरोना देखियो
वि.सं.२०७७ साउन ६ मंगलवार १९:०१
shares

स्याङ्जामा ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका दुईजना हवल्दार र एकजना सिपाहीमा कोरोना संक्रमण भेटिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार ३३, ३४ र ३८ वर्षीय पुरुष प्रहरीमा कोरोना संक्रमण भेटिएको हो ।
यसैगरी देशभरको प्रयोगशालामा गरिएको ३ हजार ९६३ नमुना परिक्षामा १५० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।
संक्रमित मध्ये ४० जनाको मृत्यु भएको छ भने १२ हजार ४७७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ६०९ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ५ हजार ४७७ जना आइसोलेसनमा छन् ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै २९ जना संक्रमित थपिएका छन् । कञ्चनपुरका २० जना, महोत्तरीका १४, दैलेखका १०, काठमाडौं र उदयपुरका ८-८ जना, चितवन र मकवानपुरमा ५-५ जना तथा कैलाली, बझाङ र डोटीमा ४र४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मोरङ, सर्लाही, गोरखा, म्याग्दी, स्याङ्जा, बाग्लुङ, बाँके र दाङका ३–३ जना, झापा, इलाम, पर्सा, रामेछाप र सल्यानका २-२ जना तथा सप्तरी, काभ्रे, नुवाकोट, ललितपुर र नवलपरासीका १-१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

















