त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु आजबाट खुले

9.01K
shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु आज बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक/कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जनाएकाे छ ।

क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले साउन ६ गते मध्यरातिदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै ७ गतेदेखि क्याम्पस सुचारु हुने त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।

कोरोना संक्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यति बेलादेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो । शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो ।