हत्यारा छुटाउने प्रधानन्यायाधिश चोलेन्द्र समशेरलाई महाभियोग लगाउन अनेरास्ववियूको माग

Nepal Life Insurance Long Ad

काठमाडौ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले पठनपाठन छिटो गर्ने नाममा गरिएको हतारो बेठिक रहेको बताएका छन ।

“लकडाउन हटे संगै बिभिन्न विश्वविद्यालयहरुले हतार परिक्षा तालिका सार्वजनिक गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।

भाद्र १ गतेबाट लामो दुरीको यातायात सञ्चालन हुने हुदा लामो लकडाउनमा घर गएका बिद्यार्थीहरु फर्किन लाग्ने समय र परिक्षाको तयारीका लागि चाहिने मानसिक र ब्यबहारिक तयारीको पक्षलाई ध्यान नदिई पठनपाठन छिटो गर्ने नाममा गरिएको हतारो बेठिक छ ।” उनले भनेका छन् ।

उनले आज अनेरास्ववियूका तर्फबाट एक विज्ञप्ति जारी गर्दै सबै विश्वविद्यालय कमिटिहरुले विश्वविद्यालय पदाधिकारी संग बिद्यार्थीहरुको समस्या अवगत गराउन र कुनै पनि निर्णय लिदा बिद्यार्थीको समस्यालाई ध्यान दिएर लिन ध्यानाकर्षण गराउन निर्देशित समेत गरेका छन् ।

परिक्षा र पठनपाठन छिटो गर्ने नाममा न्युनतम व्यवहारिक पक्षसंग सर्वपक्षिय बैठक गरेर मात्र परिक्षा तालिका लगायतका निर्णय लिन आग्रह गरेका छन् ।

साथै उनले कोभिड-१९ को निशुल्क पि.सी.आर टेस्टको प्रबन्ध गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

साथै उनले श्रीमतीको हत्या गर्ने डिआईजीको सजायमा छुट दिने प्रधानन्यायाधिश चोलेन्द्र समशेर जबरा र न्यायाधिश तेजबहादुर केसीलाई महाअभियोग लगाउन माग समेत गरेका छन् ।

हेर्नुहोस् प्रेस विज्ञप्ती

९ साउन २०७७, शुक्रवार १७:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु