मुलुकभर तत्काल लकडाउन हुदैन- प्रवक्ता खतिवडा

8.11K
shares

काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउन नहुने बताएका छन्।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उनले सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारे।

उनले ठाउँ-ठाउँमा लकडाउन भएको देखिए पनि चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने बताए। यद्यपी संक्रमणको जोखिम हेरेर ती ठाउँहरूमा भने लकडाउन गर्न सकिने उनले जनाए।

‘अहिले पनि दुई दर्जन बढी स्थानीय तहहरूमा लकडाउन गरिएको छ। संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्नसक्छ तर पहिले जस्तो देशभर लकडाउन गर्ने कुरा तत्काल छैन,’ उनले भने।
सरकारले कोरोना संक्रमणको जोखिम फेरि बढेको भन्दै उपत्यकामा बिहीबाटदेखि अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर-बिजोर प्रणाली लागू गरेको छ।
यो नियम २ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लाहरूमा पनि लागू हुने भनिएको छ। सरकारले काठमाडौं उपत्यकामा पनि अप्ठ्यारो स्थिति आइपरेको जनाएको छ।
यसरी नै संक्रमित बढ्ने हो भने अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीले धान्न नसक्ने जनाइएको छ।

त्यसैले जनस्वास्थ्यको मापदण्ड पालना गर्न सरकारले अपील गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083