यौन उत्तेजना बढाउने भियाग्रा खाएर बलात्कारका आरोपित एसएसपी अधिकारीविरुद्ध २१ वर्षको सजाय माग

12.83K
shares

बलात्कारको आरोप लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अधिकतम २१ वर्षको कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले अधिकतम १५ वर्षको सजाय माग गर्दै शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा कागजात पेस गरेकोमा सरकारी वकिल कार्यालयले अधिकतम २१ वर्षको कैद सजाय माग गर्दै आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को उपदफा २ को (ङ) अनुसार सातदेखि १० वर्ष, सोही संहिताको दफा २२३ को उपदफा २ को (१) बमोजिम चार वर्षसम्म कैद र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, ०७४ को दफा १५ को उपदफा (२) को (ङ) अनुसार ढेडी सजाय हुने व्यवस्थाअनुसार तीन अभियोग दर्ता गरी अधिकतम २१ वर्षको कैद सजाय माग गरिएको हो ।

चितवन घर भएकी अन्दाजी २७ वर्षकी युवतीले आफूलाई अधिकारीले खाना खान बोलाएर बलात्कार गरेको भन्दै दिएको उजुरीको आधारमा ३१ असारमा उनी पक्राउ परेका थिए । ३१ असारमा पक्राउ परेका अधिकारीलाई अनुसन्धानका लागि भन्दै कास्की प्रहरीले १ साउनमा सात दिन, ७ साउनमा सात दिन र १४ साउनमा १४ दिन म्याद थप गरी अनुसन्धान गरेको थियो । सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामपाटन पोखराका प्रमुखसमेत रहेका अधिकारीले ती युवतीलाई ३१ असारको बिहान क्वार्टरमा खाना खान बाेलाएका थिए । अधिकारीलाई धरौटीमा छाड्ने वा हिरासतमा राखेर अनुसन्धान गर्ने भन्ने विषयमा सोमबार थुनछेक बहसपछि फैसला हुनेछ ।

जनआस्थाको समाचार अनुसार यस्तो थियो घटना :
एसएसपी दर्जाको हाकिमलाई इन्स्पेक्टर दर्जाको प्रहरीले समात्यो, त्यो पनि भागेको हैन, दुई घण्टादेखि लुकेको अवस्थामा । ‘भाञ्जी’ नाता लगाएर सम्बोधन गर्ने युवतीसँग यौन सम्पर्कपछि उत्पन्न तनावको स्थितिमा सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी त्यसरी पर्खालमा लुकेका हुन् । हुल तथा दंगा व्यवस्थापन शिक्षालय, लामपाटन, पोखरामा कार्यरत अधिकारीले त्यहाँबाट सरुवा भएर हिँड्नुअघि चितवनमा रहेकी ती ‘भाञ्जी’ लाई हिजो पोखरा बोलाएका थिए । बुधबार बिहान साढे आठ बजे युवती एसएसपीको आवासमा छिरेकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार,उनीहरुबीच लामो समयदेखि सम्पर्क रहँदै आएको थियो । तर,बुधबार भने बिहानैबाट शुरु भएको मदिरा सेवनका कारण कुनै विषयमा विवाद उत्पन्न हुन पुग्यो ।

युवती पोखरा पुग्नु,एसएसपीको आवासमा छिर्नु,भित्र मदिरा सेवन गर्नुजस्ता घटनाक्रम त्यतिबेलासम्म गुपचुप रह्यो,जतिबेला अर्थात दिउँसो पौने २ बजेसम्म प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गएन । ‘कोठाभित्रै बन्धक रहेको,बाहिर चुक्कुल लगाइएको’ व्यहोराको मौखिक उजुरी प्रहरी कन्ट्रोलले पाउनासाथ इन्स्पेक्टर प्रकाश थापाको कमाण्डमा इप्रका रामबजारको टोली घटनास्थल पुगेको थियो । उनीहरु गएको केहि समयपछि सशस्त्रका गण्डकी प्रदेश प्रमुख (डिआइजी) कविन्द्रमान श्रेष्ठ र एसएसपी जयबहादुर खड्का पनि कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठलाई लिएर त्यहाँ पुगे ।

युवतीले कन्ट्रोललाई एसएसपी अधिकारीले आफ्नो लुगा च्यातिदिएको भनेकी थिइन् । तर,प्रहरी पुग्दा अर्को लुगा लगाइसकेकी थिइन् । प्रहरीले च्यातेको लुगाबारे सोधेपछि उनले सो लुगा देखाइन्,जुन थोरैमात्र च्यातिएजस्तो देखिन्छ । उनको शरीरमा घाउ,चोटपटक भने छैन । प्रहरी पुग्दासम्म उनी रहेको कोठाको ढोका खुलिसकेको थियो,भित्रबाट जाली ढोका भने लगाइएको थियो । ढोका खुलेपछि युवती स्कुटी लिएर निस्किन खोजिन् । प्रहरीको घटनास्थल मुचुल्काको साथमा फुटेका कप,मदिरा सेवनमा प्रयोग हुने ग्लास,बिर्य लत्पतिएको तन्नाजस्ता सबुतहरु बरामद गरिएको छ । प्रहरीले बुधबार नै परीक्षणका लागि युवतीको भेजिनल स्वाब संकलन गरी काठमाडौंस्थित विधि विज्ञान प्रयोगशाला पठाएको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार,उनीहरुबीच नियमित यौन सम्पर्क हुने गरेको,तर पोखराबाट सरुवा भएर जाने भएपछि एसएसपीले युवतीका कुनै मागहरु पूरा नगरिदिँदा त्यस्तो घटना भएको हुनसक्छ । अनुसन्धानकर्ताहरुको अनुमानअनुसार,उनीहरुबीच खानपिन र यौन सम्पर्क भइसकेपछि विवाद भएको हुनुपर्छ । यदि,अगाडि नै विवाद भएको भए स्खलित बिर्य संकलन हुन सक्दैनथ्यो । यौन सम्पर्कप्रति युवतीको अनिच्छाका बाबजुद एसएसपीले कसुर गरेका थिए भने युवती वा एसएसपीको शरीरमा घाउचोट देखिनुपर्ने प्रहरीको भनाइ छ ।

पक्राउ परेको समयमा एसएसपी निवासकै कम्पाउण्ड वालमा लुकेका थिए,उनको मुखबाट मदिराको गन्ध प्रष्टसँग फैलिएको थियो । आफ्नै सरकारी निवासमा युवती बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका अधिकारीले हिजै ती युवतीलाई चितवनबाट बोलाएको तथ्य खुलेको छ । अन्दाजी सत्ताईस वर्षकी युवती लकडाउनको समयमा पनि सबेरै स्कुटर चढेर भरतपुरबाट साढे आठ बजेसम्ममा त्यो पनि एक्लै पोखरा पुग्नु अर्को रहस्यमय देखिन्छ ।

एसएसपीले अस्ति राती ‘भाञ्जी पोखरा आउन त, एकछिन भेटौं’ भनेपछि आफू चितवनबाट बिहानै स्कुटरमा पोखरा हान्निएको घटनास्थल पुगेको प्रहरी टोलीलाई युवतीले बताएकी छिन् । उनले टोलीलाई ‘खानपिन चल्दै थियो,एक्कासी मेरो लुगा च्यातेर अश्लिल गतिबिधि थाल्यो’ भनेपछि महिला प्रहरीले ‘बाहिरको कपडा सहि सलामत देखिएपनि युवतीको भित्री वस्त्रचाँहि केही च्यातिएको’ बताएका थिए । दिउँसो १ बजेतिर दुई जनाबीच हानाहान भएपछि सशस्त्रका सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएका थिए । कोठामा प्रयोग गरिएका तीन वटा भियाग्रा चक्कीको खोल भेटिएबाट एसएसपीले उन्मादमा असह्य अत्याचार गरेको देखिन्छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ‘दुई जनाबीच पहिले गलफत्ति बढेर हानाहानको स्थिति बनेपछि अधिकारीले युवतीको फोन कब्जामा लिएको र पछि कुरो मिलाउने र मिल्ने शर्तमा युवतीको फोन फिर्ता गरेको’ हुनुपर्छ । बाहिरबाट ढोका लगाएर भित्र युवतीलाई एक्लै राखेपछि उनले भित्रैबाट नेपाल प्रहरीको कन्ट्रोल रुमको १०० र अन्यत्र खबर गरेको अनुसन्धानबाट खुलेको छ । डेढ बजेतिर एसएसपी निवास पुगेको नेपाल प्रहरीको टोलीसँग युवतीले आफूलाई केहीबेर निवासभित्रै बन्धक बनाएर राखेको बताइन् । एसएसपी निवासको ढोका बाहिरबाट लक गरिएकाले आफूलाई बन्धक बनाइएको उनले बताएकी हुन् । प्रहरी स्रोतले भनेको छ ‘टेबलको सिसा,गिलास,प्लेट अधिकांश फुटेको र अन्य सामान लथालिङ्गको अवस्थामा थियो । बेडमाथि ब्लाङ्केट पनि मान्छे सुत्ने बेलामा फैलाएझैँ देखिन्थ्यो ।’ एसएसपी दर्जाको हाकिमलाई इन्स्पेक्टर दर्जाको प्रहरीले समात्यो, त्यो पनि भागेको हैन, दुई घण्टादेखि लुकेको अवस्थामा । ‘भाञ्जी’ नाता लगाएर सम्बोधन गर्ने युवतीसँग यौन सम्पर्कपछि उत्पन्न तनावको स्थितिमा सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी त्यसरी पर्खालमा लुकेका हुन् । हुल तथा दंगा व्यवस्थापन शिक्षालय, लामपाटन, पोखरामा कार्यरत अधिकारीले त्यहाँबाट सरुवा भएर हिँड्नुअघि चितवनमा रहेकी ती ‘भाञ्जी’ लाई हिजो पोखरा बोलाएका थिए । बुधबार बिहान साढे आठ बजे युवती एसएसपीको आवासमा छिरेकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार,उनीहरुबीच लामो समयदेखि सम्पर्क रहँदै आएको थियो । तर,बुधबार भने बिहानैबाट शुरु भएको मदिरा सेवनका कारण कुनै विषयमा विवाद उत्पन्न हुन पुग्यो ।

युवती पोखरा पुग्नु,एसएसपीको आवासमा छिर्नु,भित्र मदिरा सेवन गर्नुजस्ता घटनाक्रम त्यतिबेलासम्म गुपचुप रह्यो,जतिबेला अर्थात दिउँसो पौने २ बजेसम्म प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गएन । ‘कोठाभित्रै बन्धक रहेको,बाहिर चुक्कुल लगाइएको’ व्यहोराको मौखिक उजुरी प्रहरी कन्ट्रोलले पाउनासाथ इन्स्पेक्टर प्रकाश थापाको कमाण्डमा इप्रका रामबजारको टोली घटनास्थल पुगेको थियो । उनीहरु गएको केहि समयपछि सशस्त्रका गण्डकी प्रदेश प्रमुख (डिआइजी) कविन्द्रमान श्रेष्ठ र एसएसपी जयबहादुर खड्का पनि कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठलाई लिएर त्यहाँ पुगे ।

युवतीले कन्ट्रोललाई एसएसपी अधिकारीले आफ्नो लुगा च्यातिदिएको भनेकी थिइन् । तर,प्रहरी पुग्दा अर्को लुगा लगाइसकेकी थिइन् । प्रहरीले च्यातेको लुगाबारे सोधेपछि उनले सो लुगा देखाइन्,जुन थोरैमात्र च्यातिएजस्तो देखिन्छ । उनको शरीरमा घाउ,चोटपटक भने छैन । प्रहरी पुग्दासम्म उनी रहेको कोठाको ढोका खुलिसकेको थियो,भित्रबाट जाली ढोका भने लगाइएको थियो । ढोका खुलेपछि युवती स्कुटी लिएर निस्किन खोजिन् । प्रहरीको घटनास्थल मुचुल्काको साथमा फुटेका कप,मदिरा सेवनमा प्रयोग हुने ग्लास,बिर्य लत्पतिएको तन्नाजस्ता सबुतहरु बरामद गरिएको छ । प्रहरीले बुधबार नै परीक्षणका लागि युवतीको भेजिनल स्वाब संकलन गरी काठमाडौंस्थित विधि विज्ञान प्रयोगशाला पठाएको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार,उनीहरुबीच नियमित यौन सम्पर्क हुने गरेको,तर पोखराबाट सरुवा भएर जाने भएपछि एसएसपीले युवतीका कुनै मागहरु पूरा नगरिदिँदा त्यस्तो घटना भएको हुनसक्छ । अनुसन्धानकर्ताहरुको अनुमानअनुसार,उनीहरुबीच खानपिन र यौन सम्पर्क भइसकेपछि विवाद भएको हुनुपर्छ । यदि,अगाडि नै विवाद भएको भए स्खलित बिर्य संकलन हुन सक्दैनथ्यो । यौन सम्पर्कप्रति युवतीको अनिच्छाका बाबजुद एसएसपीले कसुर गरेका थिए भने युवती वा एसएसपीको शरीरमा घाउचोट देखिनुपर्ने प्रहरीको भनाइ छ ।

पक्राउ परेको समयमा एसएसपी निवासकै कम्पाउण्ड वालमा लुकेका थिए,उनको मुखबाट मदिराको गन्ध प्रष्टसँग फैलिएको थियो । आफ्नै सरकारी निवासमा युवती बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका अधिकारीले हिजै ती युवतीलाई चितवनबाट बोलाएको तथ्य खुलेको छ । अन्दाजी सत्ताईस वर्षकी युवती लकडाउनको समयमा पनि सबेरै स्कुटर चढेर भरतपुरबाट साढे आठ बजेसम्ममा त्यो पनि एक्लै पोखरा पुग्नु अर्को रहस्यमय देखिन्छ ।

एसएसपीले अस्ति राती ‘भाञ्जी पोखरा आउन त, एकछिन भेटौं’ भनेपछि आफू चितवनबाट बिहानै स्कुटरमा पोखरा हान्निएको घटनास्थल पुगेको प्रहरी टोलीलाई युवतीले बताएकी छिन् । उनले टोलीलाई ‘खानपिन चल्दै थियो,एक्कासी मेरो लुगा च्यातेर अश्लिल गतिबिधि थाल्यो’ भनेपछि महिला प्रहरीले ‘बाहिरको कपडा सहि सलामत देखिएपनि युवतीको भित्री वस्त्रचाँहि केही च्यातिएको’ बताएका थिए । दिउँसो १ बजेतिर दुई जनाबीच हानाहान भएपछि सशस्त्रका सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएका थिए । कोठामा प्रयोग गरिएका तीन वटा भियाग्रा चक्कीको खोल भेटिएबाट एसएसपीले उन्मादमा असह्य अत्याचार गरेको देखिन्छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ‘दुई जनाबीच पहिले गलफत्ति बढेर हानाहानको स्थिति बनेपछि अधिकारीले युवतीको फोन कब्जामा लिएको र पछि कुरो मिलाउने र मिल्ने शर्तमा युवतीको फोन फिर्ता गरेको’ हुनुपर्छ । बाहिरबाट ढोका लगाएर भित्र युवतीलाई एक्लै राखेपछि उनले भित्रैबाट नेपाल प्रहरीको कन्ट्रोल रुमको १०० र अन्यत्र खबर गरेको अनुसन्धानबाट खुलेको छ । डेढ बजेतिर एसएसपी निवास पुगेको नेपाल प्रहरीको टोलीसँग युवतीले आफूलाई केहीबेर निवासभित्रै बन्धक बनाएर राखेको बताइन् । एसएसपी निवासको ढोका बाहिरबाट लक गरिएकाले आफूलाई बन्धक बनाइएको उनले बताएकी हुन् । प्रहरी स्रोतले भनेको छ ‘टेबलको सिसा,गिलास,प्लेट अधिकांश फुटेको र अन्य सामान लथालिङ्गको अवस्थामा थियो । बेडमाथि ब्लाङ्केट पनि मान्छे सुत्ने बेलामा फैलाएझैँ देखिन्थ्यो ।’

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083