गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शव पहिचान नभएपछि प्रहरीद्वारा तस्विर सार्वजनिक

6.6K
shares

काठमाडौं । गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शवको पहिचान नभएपछि प्रहरीले तस्विर सार्वजनिक गरेको छ ।
आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र जेब्रा झोलामा पुरुषको टाउको फेला परेको थियो ।

अपराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

शव सनाखत हुन सकेको छैन’ हत्या अनुसन्धान गरिरहेका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले भने, ‘कसैले चिनेको भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छौं ।’

आइतबार टोखा नगरपालिका–१० स्थित गोंगवु गणेश स्थान नजिकै सुटकेशमा शव र दुई सय मिटरको दुरीमा घुँडाभन्दा तलको गोडाको भाग फेला परेको थियो ।