नेपालमा काेराेना संक्रमितको संख्या २३ हजार ३ सय १० पुग्याे
वि.सं.२०७७ साउन २६ सोमवार १७:४१
5.66K
shares
shares

काठमाडौं । थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ३२ जनामा गरिएको पीसीआर परीक्षणमा ३ सय ३८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना निको भएर घर फर्किनेको संख्या १६ हजार ४९३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय ४० जना उपचारपछि डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ।






























