गोंगबु हत्या प्रकरण : चितवनबाट कल्पना शाही पक्राउ

16.26K
shares

काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फाल्ने आरोपीलाई प्रहरीले पक्रेको छ । चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरिएको प्रहरीको स्रोतले बतायो।

उनलाई प्रहरीले काठमाडौं ल्याउँदैछ । आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र बुट्टा जेब्रा झोलामा फेला परेको थियो । हत्या गरिएका बोहरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्थे ।

टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार बोहराको मामाले शवको सनाखत गरेपछि प्रहरीले हत्या गरेको घर पत्ता लगाएको थियो ।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो । मुख्य बडीको करिब २ सय मिटर पर टाउको र गोडा फेला परेको थियो ।

पानीले भिजेर रगत बगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको टाउको डग स्कुलबाट तालिम प्राप्त कुकुरको मद्दतबाट फेला पारेको थियो । शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083